काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोलामा एक हजार ६ सय रुपैयाँले बढेर १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ६५ रुपैयाँले बढेर एक हजार २ सय ९५ रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य वृद्धि भएसँगै नेपालमा पनि मूल्य बढेको महासंघले जनाएको छ ।








