पोखरा । कास्कीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै पुरुष रहेका छन् । सबै संक्रमितलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा। विनोद विन्दु शर्माले बताए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५ सय ५२ पुगेको छ । जसमा एक हजार ३ सय ५४ उपचारपछि निको भैसकेका छन् ।








