• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जिल्ला अदालत चितवनको कार्यसम्पादन : २४ सय बढी मुद्दा एक वर्षमा फस्र्यौट

  •   बुधबार, साउन २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवन जिल्ला अदालतले एक वर्षको अवधिमा २४ सय भन्दा बढी मुद्दाहरु फस्र्यौट गरेको छ ।  गत आर्थिक वर्ष २०७६/७७ मा चितवन जिल्ला अदालतले दुई हजार चार सय आठ वटा मुद्दा फस्र्यौट गरेको जनाएको छ । चितवन जिल्ला अदालतका निमित्त स्रेस्तेदार हरिगोपाल ज्ञवालीकाअनुसार अदालतमा दर्ता भएका तीन हजार सात सय ८० मुद्दामध्ये एक हजार तीन सय ७२ मुद्दा फस्र्यौट हुन बाँकी रहेका छन् । गत आर्थिक वर्ष २०७५/७६ बाट जिम्मेवारी सरेर आएको एक हजार पाँच सय ६७ मुद्दामध्ये एक हजार तीन सय ३१ मुद्दा फस्र्यौट भएको ज्ञवालीलेले बताए ।
    चितवन जिल्ला अदालतमा आर्थिक वर्ष २०७६/७७ मा दुई हजार दुई सय १३ वटा नयाँ मुद्दा दर्ता भएका थिए । नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ७७ वटा मुद्दा फस्र्यौट भएको भन्दै निमित्त स्रेस्तेदार ज्ञवालीले आर्थिक वर्ष २०७६/७७ को जिम्मेवारी सरेर एक हजार एक सय ३६ मुद्दा चालु आर्थिक वर्ष २०७७/७८ का लागि आएको जानकारी दिए ।
    अदालतमा प्रकृयाको क्रममा रहेका दुई वर्ष नाघेका आठ वटा मुद्दाहरु रहेका ज्ञवालीको भनाइ छ । त्यस्तै गत आर्थिक वर्षमा सम्बन्धविच्छेद सम्बन्धी सात सय पाँच वटा मुद्दा दर्ता भएकोमा चार सय ७९ वटा फस्र्यौट गरिएको निमित्त स्रेस्तेदार ज्ञवालीले जानकारी दिए । महिलाको तर्फबाट चार सय ४२ तथा पुरुषको तर्फबाट दुई सय ६३ मुद्दा दर्ता भएकोमा दुई सय २६ वटा मुद्दा फैसला हुन बाँकी रहेको ज्ञवालीले बताए ।
    विपन्नका लागि निःशुल्क वकिल
    गरिब, विपन्न, असहाय तथा अभिभावकविहिन व्यक्तिहरुकाको समेत न्यायमा पहुँच पु¥याउने उद्देश्यले चितवन जिल्ला अदालतले वैतनिक वकिलको व्यवस्था गर्दै आएको छ ।  आर्थिक अवस्था कमजोर भएकै कारण न्याय पाउनबाट बन्चित हुन नपरोस् भनेर अदालतले वैतनिक वकिलको व्यवस्था गरेको चितवन जिल्ला अलदातका निमित्त स्रेस्तेदार हरिगोपाल ज्ञवालीले बताए । नेपाल सरकारको सेवा सुविधा पाउनेगरि अदालतले राजपत्राङ्कीत तृतीय श्रेणी सरहको पदमा वैतनिक वकिलको व्यवस्था गरेको ज्ञवालीको भनाइ छ । गरिब तथा असहाय व्यक्तिको तर्फबाट निःशुल्क मुद्दा लड्नका लागि सरकारले नै वैतनिक वकिलको व्यवस्था गरेको हो ।
    चितवन जिल्ला अदालतमा रहेका वैतनिक वकिल कृष्ण प्रसाद पन्तले आफूले आठ महिनाको अवधिमा एक सय ८१ वटा मुद्दा हेरेको बताए । गत वर्षको कात्तिक २१ देखि असार मसान्तसम्म एक सय ८१ मुद्दा हेरेको भन्दै पन्तले बढी मात्रामा फौजदारी अपराधजन्य मुद्दाहरुमा वहस र पैरवी गरेर पीडितलाई न्याय दिलाएको बताए । असहाय तथा गरिब प्रतिवादीको तर्फबाट निःशुल्क रुपमा बहस र पैरवी गर्दै उनीहरुको प्रतिरक्षा गर्नका लागि सरकारले वैतनिक वकिलको व्यवस्था गरेको हो ।
    पन्तले लागु औषध, जबरजस्ती करणी, चोरी, सवारी ज्यान, कर्तव्य ज्यान जस्ता मुद्दा लागेका व्यक्तिहरुको बढी मुद्दा आफूले हेरेको बताए । वैतनिक वकिलको सुविधा लिनका लागि व्यक्तिले स्थानीय तहको सिफरिस लिएर आउनुपर्ने हुन्छ । स्थानीय तहले सिफारिस गरेर पठाएको व्यक्तिको मुद्दामा वकिल राख्नुपर्ने अवस्थामा अदालतल आफैले निःशुल्क रुपमा वैतनिक वकिलको व्यवस्था गर्दै आएको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.