बलिउड अभिनेत्री काजोलको आज जन्मदिन परेको छ । ५ अगस्ट अर्थात आज उनले आफ्नो ४६ औं जन्मदिन मनाउदैछिन् । उनको जन्मदिनमा बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ ।
उनका श्रीमान् तथा अभिनेता अजय देवगनले पनि सामाजिक सञ्जालमा तस्विर शेर गर्दै जन्मदिनको शुभकामना दिएका छन् । सानैदेखी अभिनय गर्न रुचाउने काजोलले १६ बर्षको उमेर देखी नै फिल्ममा खेल्न शुरु गरेकी थिइन् । उनले फिल्म ‘बेखुदी’ बाट बलिउडमा प्रबेश गरेकी हुन् ।
पछिल्लो समय फिल्ममा खासै नदेखिए पनि उनले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेकी छिन् । फिल्म खेल्ने क्रममा काजोल र शाहरुख खानको जोडी धेरैले रुचाएका थिए । तर पछि काजोलले अजयसँग विवाह गरिन् ।








