• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सिरहामा प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी

  •   मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
  • क्याप्सन : झाझपटी र माडर नाका हुँदै नगर प्रहरीकाे अगाडिबाट गोदामतर्फ अवैध सामग्री लैजाँदै गरेकाे सवारीसाधन ।
    • अ
    • अ
    • अ

    सिरहा । सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी,तस्करी भइरहेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरी ल्याइएको समान पक्राउ गरे पनि सिरहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट व्यापक रुपमा तस्करी भइरहेको पाइएको हो ।

    तस्करहरूले सीमानाकामा बस्ने सुरक्षाकर्मी, भन्सार प्रमुखलगायतका कर्मचारी मोटो रकम दिई (महिनावारीकै रुपमा घुसबापतको अवैध रकम तिरी ) दिनभरि नाकाको वरिपरि भण्डारण गर्ने र रातभरि तस्करी गर्ने गरेको स्थानियहरु बताउँछन् । सीमानाकामा बसेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र सादा पोशाकमा खटाइएका प्रहरीहरू दिनभरि तस्करीको सामान नियन्त्रन गर्नुभन्दा पनि संरक्षणगरि तस्करको गोदामसम्म पुर्‍याउने गरेकाे आराेप छ ।

    ‘प्रहरी प्रशासन मिलेपछि यहाँ जे पनि सीमानाकाबाट वारपार गर्न सम्भव छ । प्रहरीको आँखा अगाडिबाटै सीमानाकाकाको विभिन्न बाटो प्रयोग गरि तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार हुने गरेकाे छ,’ स्थानीय दिपेन्द्र यादवले  बताए ।

    उनले थपे, ’सिरहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, लौकहाठाडी,बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट अहिले दिनदहाडै तस्करहर”ले  यी नाकाहरुबाट चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल ) भित्र्याइन्छ र वारि (नेपाल)बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारि (भारतीय बजार )पुर्‍याइन्छ ।’

    वरियारपट्टिका स्थानीय अरविन्द यादवका अनुसार यस नाकाबाट रातभरि (भारतीय बजार )पारिबाट सामान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकलमार्फत सिरहाको ठूलो बजार लहान, गोलबजार, मिर्चैयालगायतका बजारसम्म ढुवानी हुन्छ ।

    ‘सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि खटिएका हुन्छन्,’ सडक छेउमै घर भएका उनले भने, ‘तस्करीका सामान बोकेका गाडीको धुलोधुँवा र हर्नले राति र दिउँसो स्थानीयलाई सास्ती दिएकाे छ । प्रहरीलाई खबर गरे पनि नियन्त्रण गर्न चासाे दिएका छैनन् ।’

    गत बुधबार माडर भन्सार नाकाबाटै करिब एक लाख बराबरको भन्सार छलीको कपडाको बोराले भरिएको बिआर ०१ बिएन ९३५७ नम्बरको कार सिरहा–चोहर्वा सडक खण्ड हुँदै चोहर्वातर्फ गइरहेको बेला साइलक यात्रीलाई ठक्कर दिएकाे थियो ।  साइकलमा सवार सिरहा नगरपालिका-२२ का दिनेश सदा र यसिन धामी घाइते भएपछि कार सडकमै छाडेर तस्कर फरार भए । दुर्घटनाको खबर पाएपछि घटना स्थलपुगेका विष्णुपुर प्रहरी चौकीले कारभित्रबाट तीनवटा बोरामा रहेकाे कपडा बरामद गरेकाे थियो । प्रहरीले बरामद गरेको कपडाको मूल्य ७६ हजार ६०० र कारको १५ लाख गरी १५ लाख ७६ हतजार रुपैयाँसहितको मुल्यांकन प्रतिवेदन भन्सारलाई बुझाएको छ ।

    माडर नाकाबाटै  भित्रिएका उक्त कार र तस्करीका सामानसहितको लागत माडर भन्सारमा पाइएनन् । गत आइतबारदेखि बुधबारसम्ममा यो कार यस नाकाबाट प्रवेश गरेको रेकर्ड नरहेको कार्यालयले स्वीरेकाे छ ।  यस कारको ग्राउण्ड क्लियरेन्स अत्यन्त कम भएकाले मुख्य नाकाबाहेकको नाका क्षेत्रबाट वारि प्रवेश गर्न सक्ने बाटो नै नरहेको बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक लोकनाथ उप्रेतीले जनाए । ‘यो थोरै मुल्यको सामान थियो । यस्ता कुरामा नलाग्नुस् । यस्ता धैरै कामहरू हुन्छ । यो सानोतिनो कुरोमा अल्झिएर काम छैन,’ निरीक्षक उप्रेतीले भने ।

    तस्कर भइरहेकाे विषयमा जानकारी लिन खाेज्दा सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिम्लिसिनाले भने, ‘थोरै सामान बरामद भएकाले धेरै खोतल्नुपर्ने आवश्यकता छैन ।’  सिरहा, पटेर्वा, कल्याणपुर र चतरी सीमानाका भएर भित्रिने अवैध सामान मिर्चैया, सिरहा र गोलबजारस्थित तस्करहरूको गोदामसम्म सहज रुपमा पुग्नु र यसप्रति प्रहरी गम्भीर नबन्नु तथा थाेरै सामान रहेकाे भन्दै पन्छिन खाेज्नुले स्थानीयले मिलोमतोकाे आशंका गरेका छन् । मुकेशकुमार यादव/न्युज कारखाना

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.