काठमाडौं : भोलि बाट हुने भनिएको एसइइ परीक्षा स्थगित भएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्व रहेको समितिले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको हो । नेकपा सचिवालय समितिको बैठकको आग्रहपछि सरकारले बुधबार साँझ यो निर्णय गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो।








