पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही गरिएको परिक्षणमा विभिन्न चार जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये कास्कीका १, पर्वतका १, गोरखाका ६ र नवलपरासी ९सूस्ता पूर्व०का ३ जना रहेका छन् । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५६६ पुगेको छ ।








