• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

कृषिले आत्मनिर्भरतातर्फ भुस्मे गाउँ

  •   शनिबार, साउन २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । केही वर्षअघि बाँझो रहेको जग्गा यतिवेला तरकारी खेतीले हरियाली भएको छ । सिंगो गाउँले नै अहिले तरकारी खेतीमा लागेका छन् । मर्स्याङ्दी गाउँपालिका–८ भुस्मेका किसान यतिवेला काउली, बन्दा, गोलभेँडालगायत बेर्ना जमाउन, सार्न र बिक्री गर्न व्यस्त छन् । यसअघि बजरबाट र छिमेकीसँग तरकारी किन्दै आएका भुस्मे गाउँका बासिन्दाले अहिले घरैपिच्छे तरकारी लगाएका छन् । शान्ति सामाजिक परिवारका अध्यक्ष विष्णुमाया तामाङका अनुसार गाउँका ५५ घरपरिवार नै तरकारी खेतीमा व्यस्त छन् ।

    ‘पहिले किनेर काम चलाउने गरेका थियौँ, अहिले गाउँमा आफैँले गर्नुपर्छ भन्ने बुझेपछि घरघरमा टनेल बनाएका छौँ,’ उनले भनिन्, ‘आफैँले तरकारी फलाउन थालेपछि आफैँले उपयोग तथा बिक्री गर्ने गरेका छौँ ।’ ०७१ सालदेखि सामान्य रूपमा तरकारी खेती गर्दै आएकी नीलमााया तामाङले अहिले ८ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरेकी छन् । उनले ५/६ वटा टनेल निर्माण गरी मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको बताइन् । उनले भनिन् ‘पहिलेका दिनमा दुईचार पैसा देख्न रहरै हुने गर्थ्यो ।

    तर, अहिले महिनामा ५० हजार आम्दानी हुन्छ ।’ नीलमायालाई तरकारी खेतीमा दुई छोराले समेत साथ दिएका छन् । समूहमा आबद्ध गाउँलेले फलाएको तरकारी बेँसीसहर बजारमा बिक्रीका लागि ल्याउने गरेका छन् । नीलमायाजस्तै तरकारी फलाउन हौसिएकी छन् गाउँकै सुनसरी तामाङ । तरकारी खेती सुरु गरेसँगै घरखर्च र छोराछोरी पढाउन तरकारी बिक्रीबाट आएको रकमले खर्च चलाउने गरेको उनले बताइन् । ‘तरकारी राम्रो बिक्री हुन्छ, घरखर्च र छोराछोरीलाई उच्च शिक्षा पढाउन सहज भएको छ,’ उनले भनिन् ।

    पहिले श्रीमान्को कमाइमा मात्र भर पर्नु परेकोमा अहिले केही रकम बचतसमेत हुने गरेको उनले बताइन् । गाउँका अधिकांशले घरमा दुई/दुई वटा टनेल बनाएर आफैँले तरकारीका बिउ जमाउने गरेका छन् । घरछेउको बारीमा तरकारी खेती सुरु गरेकी सुबिता तामाङ पनि तरकारी खेतीबाट राम्रो आम्दानी भएको बताउँछिन् । बन्दा, काउली, गोलभेँडा, घिरौँला, काँक्राका बिउ जमाएको र यतिवेला काउली बन्दा पनि बिक्री भएको उनले बताइन् ।

    ‘घरमा तरकारीको अभाव कहिल्यै हुँदैन बिक्री पनि गर्छौं,’ उनले भनिन् ‘जाँगर चलाउन सके तरकारीबाटै मनग्य आम्दानी गर्न सकिने रहेछ ।’ गाउँमा महिला मात्र होइन पुरुष पनि तरकारी खेतीमा लागेका छन् । गाउँकै नारायणबहादुर तामाङले ४ वटा टनेल बनाएर व्यावसायिक तरकारी खेती गरेका छन् । उनले बारीमा गोलभेँडा, खुर्सानी, काउली र बन्दा फलाएका छन् । ‘गाउँका सबै तरकारी खेती गर्न थाले मैले पनि गरेकी छु बचत पनि गर्छु,’ उनले भने ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.