फाईल फोटो
काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका रुकुम पश्चिम जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी हिरामणि रावल ‘मञ्जित’सहित पार्टीका जिल्ला सदस्य २८ वर्षिय घमण्ड महर र विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष १९ वर्षिय प्रेमप्रशान्त बोहरा र २० वर्षिय तुलवहादुर घर्ती रहेका छन् । लुकिछिपी कार्यक्रम गरिरहेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा उनीहरुलाई आठबीसकोट नगरपालिका–९, राडीबजारबाट पक्राउ गरिएको हो ।








