फाईल फोटो
तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । मृत्यु भएका बालकको शव घरभन्दा केही पर भेटिएको थियो । तनहुँमा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्न थालेकाले सावधानी अपनाउनु जरुरी रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।








