पोखरा । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही, क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा तीन जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये स्याङ्जाका १, नवलपरासी ९सुस्ता पूर्व०का १ र कास्कीका २ जना रहेका छन् । संक्रमित सबै पुरुष रहेका छन् । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा। विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५ सय ७९ पुगेको छ । जसमा एक हजार ३ सय ८३ जना उपचारपछि निको भैसकेका छन् ।








