• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितुवाले आक्रमण गरेका बालकको चितवन मेडिकल कलेजमा सफल शल्यक्रिया

  •   बिहिबार, भदौ ०९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तनहुँको बन्दीपुरमा चितुवाले आक्रमण गरी गम्भीर घाईते भएका बालकको शल्यक्रिया सफल भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १ निवासी ३ वर्षिय सुलभ परियारको आज चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा शल्यक्रिया गरिएको हो । अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार बालकको घाँटीमा धेरै ठाउँमा गम्भीर चोट लागेको थियो । घाँटीमा गहिरो चोट भएपनि श्वास नली र रगत बग्ने मुख्य नसामा क्षति हुन नपाएको उहाँको भनाई छ ।

    डा. लम्सालले चितुवाको आक्रमणबाट बालकको आँखा, नाक, मुख जस्ता महत्वपूर्ण अंग क्षति हुनबाट जोगिएको बताउनुभयो । उहाँले भन्नुभयो “श्वास नली र घाँटी हुँदै रगत बग्ने मुख्य नसामा क्षति हुन नपाएका कारण शल्यक्रिया सफल भएको छ ।” अस्पतालका डा.सुरेशराज शर्मा, डा. सुमित अधिकारी, डा. नविनकृष्ण यादवको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार परियारको घाँटीमा मल्टिपलपञ्चर (ठाउँठाउँमा गहिरो चोट परेको र मासु समेत च्यातिएको) भएको थियो । देव्रे कान र अनुहारमा समेत चोट रहेका कारण टाँका लगाईएको छ भने घाँटीको शल्यक्रिया गरिएको हो ।

    आकस्मिक कक्षका चिकित्सक डा.रोहितकुमार गुप्ताले बालक अस्पताल आउँदा आत्तिएको, डराएको र घाउ दुखेको अवस्थामा आएको जानकारी दिनुभयो । निर्देशक डा. लम्सालले बालकलाई केही दिन सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने जानकारी दिनुभयो । बालकका बाबु सुवास परियारले घाउ हेर्दा निकै गम्भीर देखिए पनि शल्यक्रिया सफल भएको बताउनुभयो । उहाँका अनुसार बुधबार साँझ ५ः३० बजेको समयमा आँगनमा खेलिरहेका सुलभलाई चितुवाले लगेको थियो ।

    घरभित्र र पिढीमा घरका अन्य सदस्यहरु भईरकोको समयमा चितुवाले लगेको उहाँको भनाई छ । चितुवाले ५० मिटर माथिसम्म पु¥याएको थियो । परिवारका सदस्यले हातगुहार गरेपछि चितुवा बालकलाई छोडेर भागेको सुवासले बताउनुभयो । बन्दीपुर गाउँपालिका वडा नं. १ का वडा सदस्य विजय रानाले गाउँमा पटक पटक चितुवाले आक्रमण गर्ने गरेको बताउनुभयो । नरभक्षी चितुवालाई नियन्त्रणमा लिन तीन वटा खोर र खोरमा बाख्रा, कुकुर राखेको भए पनि अहिलेसम्म खोरमा नपरेको बताउनुभयो ।

    उहाँले भन्नुभयो “नरभक्षि चितुवा नियन्त्रणमा लिने प्रयास गरेका छौं अहिलेसम्म सफल हुन सकेका छैनौं ।” उहाँले चितुवालाई डार्ट गरेर नियन्त्रण गर्न विज्ञ समूह आवश्यक रहेको बताउनुभयो । चितुवाले बालकलाई आक्रमण गर्नु पूर्व साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई आक्रमण गरेर घाइते बनाएको थियो । रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो ।

    घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज रिफर गरिएको थियो । केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.