• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

महोत्तरीमा नवीकरण नभएका अवैध क्रसर सञ्चालन

  •   सोमबार, भदौ १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । महोत्तरीमा सञ्चालनरत क्रसर उद्योग, नदीजन्य वस्तुका प्रशोधन केन्द्र, वासिङ्ग सेन्टर नवीकरण नै नभएको पाइएको छ । घरेलु तथा साना उद्योगको तथ्यांकअनुसार जिल्लामा १०५ वटा ढुङ्गा, गिट्टी क्रसर तथा प्रशोधन उद्योग छन् । १०५ मध्य कतिपय बन्द भइसकेका छन् भने सञ्चालनरत धेरैजसोले नवीकरण नै गरेका छैनन् । आर्थिक वर्ष २०७८/७९ मा ३० प्रतिशत उद्योगले नवीकरणको लागी प्रक्रिया अगाडि बढाएको तर अन्य उद्योगले अहिलेसम्म निवेदन पेस नगरेको घरेलुका सहायक अधिकृत गोविन्द साहले बताए ।

    तथ्यांकअनुसार ७० भन्दा बढी ढुङ्गा, गिट्टी क्रसर, बालुवा प्रशोधन तथा वासिङ्ग सेन्टरले नवीकरण गर्न बाँकी छ । सबैभन्दा बढी नदीजन्य उद्योग जिल्लाको उत्तरी क्षेत्र गौशाला, बर्दिबास र भंगाहा नगरपालिकामा छन् । अन्य पालिकामा नगन्य मात्रामा रहेको र भएका पनि कतिपय बन्द भइसकेको पाइएको छ । विशेषगरी रातु नदी, मराहा तथा जंगाहा नदीलाई केन्द्रित गरेर सञ्चालन गरिएका क्रसरले अवैध उत्खनन गरिरहेको व्यापक जनगुनासो बढिरहेको बेला अझ नवीकरण नै नगरी सञ्चालन गर्नुले अनेकौँ प्रश्न उब्जिएका छन् । घरेलुको तथ्यांकअनुसार रातु नदीलाई केन्द्रित गरेर खोलिएका बर्दिबासमा मात्र ४१ वटा उद्योग छन् । ४१ मध्य झण्डै २२ वटा अहिले पनि सञ्चालनरत छन् ।

    बाँकी विविध कारणले बन्द छन् । त्यस्तै गौशालामा १४ वटा, भंगाहामा ११ वटा उद्योग रहेको घरेलु तथा साना उद्योगले जनाएको छ । बर्दिबासमा सञ्चालनरत २२ उद्योग मध्ये १६ उद्योगले मात्र नवीकरणको लागी प्रक्रिया अगाडि बढाएको पाइएको छ । यता नदी केन्द्रित भएर खोलिएका क्रसर तथा वासिङ्ग सेन्टरहरूले न्यूनतम मापदण्डलाई समेत बेवास्ता गर्दै अवैध उत्खनन गरिरहेको जनगुनासो समेत त्यतिकै बढेको छ । जसको परिणामस्वरूप तटीय क्षेत्रमा बस्ने सर्वसाधारण त्राहि-त्राहीमा नै छन् ।

    अझ बर्दिबास नगरपालिकामा त जनप्रतिनिधि सबैभन्दा विवादित नदीजन्य वस्तु उत्खनन कै कारणले बन्दै आएका छन् । अघिल्लो स्थानीय सरकारमाथि सबैभन्दा बढी क्रसरको विषयलाई लिएर प्रश्न चिन्ह खडा भएको थियो । नगरपालिकाले रातु नदीमा उत्खनन‍्को लागी टेन्डर खोल्दा मापदण्ड विपरीत उत्खनन भएको भन्दै स्थानीय आन्दोलित भएका थिए । नवनिर्वाचित सरकार समेत खासै फरक बन्न सकेको छैन । निर्वाचित भएको सुरुमा नै नगरप्रमुख प्रह्लाद क्षेत्रीले रातु नदीको विभिन्न खण्डमा उत्खनन कै लागी टेन्डर आह्वान गरिसकेका छन् ।

    ढुङ्गा, गिट्टी, बालुवा बिक्रीवितरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७७ लागू भइसक्दा पनि जिल्लामा सञ्चालनरत क्रसर, वासिङ्ग सेन्टर र प्रशोधन केन्द्रहरू त्यसको खुलेआम धज्जी उडाउन लागिपर्नुले झन् विकराल समस्या बन्दै गएको स्थानीय बताउँछन् । ढुङ्गा, गिट्टी, बालुवा बिक्रीवितरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७७ मा दुरी, उत्खनन र सञ्चालनका कार्यविधि समेत उल्लेख गरेको छ । तर जिल्लामा सञ्चालनरत कुनै पनि उद्योगले नियमको पालना गरेको पाइएको छैन ।

    नदीमात्र हैन प्रतिबन्धित चुरे क्षेत्रमा समेत उत्खनन‍्का समस्या बन्दै गएका छन् । नदीजन्य वस्तु तथा चुरे दोहनले मानव अस्तित्वमा नै गम्भीर संकट आउने विज्ञले सुझाव दिइरहेका छन् । बन तथा भूसंरक्षण मन्त्रालयले महोत्तरी सहित विभिन्न ३६ वटा जिल्लालाई चुरे संरक्षण क्षेत्र अन्तर्गत राखेको छ । कुल भूभागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्छ । ढुङ्गा, गिट्टी, बालुवाको दोहनले चुरे क्षेत्र खिइँदै जाँदा मानव अस्तित्वमा गम्भीर संकट आउने भन्दै पूर्वराष्ट्रपति रामवरण यादवले चिन्ता व्यक्त गर्दै आएका छन् ।

    तर पत्रकार र सर्वसाधारणले चासो देखाएता पनि शक्तिको आडमा चुरे दोहन जस्तो अपराधका शृंखला थपिँदै गइरहेको पाइएको छ । चुरे तथा नदी दोहनको उत्तखन्नलाई रोक्न राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकाश समिति २०७१ सालमा गठनसमेत भएको छ । गठन हुने तर जिम्मेवारी भुलिदिने प्रवृतिले तराईमा चुरे तथा नदी दोहनमा विकराल समस्या खडा हुँदै गएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.