• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दोहोरिएका तथा मृत्यु भएका मतदाताहरूको नामावली हटाउन नेकपा एमालेको माग

  •   बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भैरहवा ।  नेकपा एमालेले मतदाता नामावली विवरणमा दोहोरिएका तथा मृत्यु भएकाको विवरण हटाउन माग गरेको छ ।

    रुपन्देही जिल्लामा मतदाता नामावली दोहोरो हुनुका साथै मृत्यु भएकाहरूको नामावलीसमेत मतदाताका रूपमा रहेको भएको भन्दै ती नामावली हटाउन माग गर्दै नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय भैरहवामा ज्ञापन पत्र बुझाएको छ ।

    नेकपा एमाले बुटवल उपमहानगर पालिकाका अध्यक्ष किशन ज्ञवालीद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ, ‘रुपन्देही जिल्लाका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकामा ठूलो संख्यामा मतदाता नामावली दोहोरिएको पाइएकोले सो सम्बन्धमा निर्वाचन कार्यालयलाई नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै त्यस्ता दोहोरिएका नामावली तत्काल हटाउन जोडदार माग गर्दछौँ ।’

    हाम्रो नमुना अध्ययनले अहिलेसम्म बुटवलमा ८ सय २ जना, तिलोत्तमामा २ सय ९० जना, सैनामैनामा ३ सय ३८ जना र देवदहमा ९२ जनाको मतदाता नामावली दोहोरिएको देखाएको बताउँदै अध्यक्ष किशन ज्ञवालीले निर्वाचनको आधार स्रोत नै त्रुटिपूर्ण भएपछि निष्पक्ष निर्वाचन हुन सम्भव नभएको बताए ।

    विज्ञप्तिमा लेखिएको छ, ‘यस्तो प्रवृत्तिले लोकतन्त्रको चीरहरण गर्ने निश्चित छ । त्यसैले संलग्न बमोजिम रहेका दोहोरिएका नाम हटाउन र अन्य पालीका र अन्तरपालिकामा रहेका दोहोरिएका नाम पहिचान गरी हटाउन हाम्रो पार्टीको तर्फबाट निर्वाचन आयोगलाई हार्दिक अनुरोध गर्दछौँ ।’

    अतिरिक्त दुखद तथा असामयिक कारणले निधन भएका नागरिकको समेत नाम मतदाता नामावलीबाट हटेको छैन र त्यस्ता व्यक्तिको नाममा अरूले मतदान गरेको समेत भेटिएको हुनाले निर्वाचन कार्यालयबाट पालिकाका प्रत्येक वडामा कर्मचारी खटाई त्यस्ता मतदाताको नामावली समेत हटाउन विज्ञप्तिमा माग गरिएको छ ।

    विज्ञप्तिमा लेखिएको छ, ‘हाम्रो नमुना अध्ययनको आधारमा बुटवलको मतदाता नामावलीमा नाम रहेका ९० वर्ष भन्दा माथिका व्यक्तिहरूको संख्या ४ सय ८५ भन्दा बढी रहेको छ । त्यसका अतिरिक्त विभिन्न वडाहरूबाट प्राप्त सूचनाका आधारमा २ सय ८५ जना व्यक्तिहरू अहिले नभएको प्रस्तुत तथ्यले देखाउँछ । यस विषयमा सत्य तथ्य छानबिन गरी तत्काल आवश्यक प्रक्रिया अगाडी बढाउन जरुरी देखिन्छ ।’

    जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीलाई मृत्यु भएका र दोहोरिएका व्यक्तिहरूको नामावलीको विवरण सहित विज्ञप्ति बुझाउँदै नेकपा एमाले बुटवल उपमहानगरपालिकाका अध्यक्ष किशन ज्ञवालीले निर्वाचनको प्रक्रियालाई स्वच्छ एवं निश्पक्षरुपमा सम्पन्न गर्नका लागि आवश्यक छानबिन गरी दोहोरिएका र मृत्यु भएका सम्पूर्ण व्यक्तिहरूको नामावली हटाउन जोडदार माग गरे ।

    जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले दोहोरीका नामावली हटाउने प्रतिबद्धता व्यक्त गर्दै मृत्यु भएकाहरूको नामावली हटाउनका लागि प्रक्रियामा जानु पर्ने भएकाले केही समय लाग्ने बताएका थिए । मृत्यु भएकाहरूको मतदाता नम्बर अनिवार्य,जन्म मिति र नागरिकता नं भिडेन भने हटाउन सकिन्न ।  १४ हजार डाटा आएको छ भण्डारीले भने, तीन कुरा मिले मात्रै सहज हुन्छ । हटाउनका लागि वडाबाट नै पर्याप्त डकुमेन्ट आउनुपर्छ ।

    विज्ञप्ति बुझाउने कार्यक्रममा नेकपा एमाले बुटवल उप महानगर पालिकाका अध्यक्ष किशन ज्ञवाली,  नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्य तथा क्षत्रिय संयोजक बाबुराम पन्थी, जिल्ला सदस्य तथा नगर इन्चार्ज ऋषिराम पाडे, जिल्ला सदस्य तथा नगर सह इन्चार्ज यम पाण्डे, प्रदेश कमिटी सदस्य खिमानन्द भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.