चितवन । चितवनको भरतपुर महानगरपालिका ३ रामहरीचोक बाह्रघरेमा स्कार्पियोसंग मोटरसाईकल ठोक्किदा २ जना घाइते भएका छन । शनिवार बाह्रघरेबाट न्युरोड तर्फ आउँदै गरेको प्रदेश नं। ३ ,०३००१प ४२६० नम्बरको सोही स्थानमा सडक छेउमा रोकी राखेको बा २० च १८४० नम्बरको स्कार्पियोमा आफै अनियन्त्रित भई ठोक्किदा मोटरसाइकल चालक भरतपुर ७ बस्ने बर्ष २७ को समिर सुबेदी मध्यम घाइते र मोटरसाइकल पछाडी सवार सुजन सुबेदी गम्भिर घाईते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि नयां मेडिकल कलेज भरतपुर पठाईएको प्रहरीले जनाएको छ । दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दियो ।








