• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

“मानव बेचबिखन होस हवासै उडाउने शब्द”

  •   सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
  • सांकेतिक तस्विर
    • अ
    • अ
    • अ

    चितवन । आज भदौ २० गते अर्थात सेप्टेम्बर ५ तारीख । आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस । हरेक वर्ष झै आज पनि ५ सेप्टेम्बरको दिन संयुक्त राष्ट संघले मानव बेचबिखन सम्बन्धि आमनागरिकहरुमा सचेतना फैलाउन अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मनाउने गर्द्छ । आजको दिनलाइ बिश्वब्यापी रुपमै अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको रुपमा भब्य र सभ्य तरिकाले मनाउने गरिदै आइएको छ । नेपालमा पनि आज विभिन्न सघ सस्थाले बिबिध कार्यक्रमहरु गरि मनाउदै छन ।

    नेपाल सरकारले पनि आजको दिनलाइ बिशेष दिनको रुपमा परिभाषित गरेर मनाउने निर्णय गरेको छ । हुन त अघिल्ला बर्षहरुमा पनि नेपालले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसलाई भब्य तरिकाले नमनाएको भने होइन तर बाह्र बर्ष कुकुर पुच्छर ढुङग्रोमा हाले पनि जस्ताको त्यस्तै भने झै भएको छ । मानव बेचबिखन भन्ने बित्तिकै मान्छे मान्छे बिचको ब्यापारिक कारोबार भन्ने बुझिन्छ । मानव बेचबिखन भन्ने शब्द आफैमा निकै डरलाग्दो, भयानक,र उत्तेजक छ ।

    किनकि यो शब्दको उच्चारण हुने बित्तिकै कतिपय मान्छेहरुको होस हवास नै उड्छ । मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरुलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरुमा जवर्जस्ती सलग्न गराउछ । मानव बेचबिखन बाट समाजका कुनै पनि जात, बर्ग, लिङग, धर्म का मानिसहरु चोखो र शुद्ध छैनन् । कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती वा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्गको कारोबार , बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिनुलाइ मानव बेचबिखन तथा ओसारपसार भन्ने गरिन्छ ।

    अहिलेको समयलाइ २१ औ शताब्दीको युग अर्थात आधुनिकीकरणको युग पनि भनिन्छ तर पनि जतिऔ शताब्दी भनिएपनी समाजमा यस्ता अपराधिक क्रियाकलाप, अपहरण, लुटपाट , चोरी डकैती लगाएतका घटनाहरु दिन प्रती दिन आज भन्दा भोलि र भोलि भन्दा पर्सि क्रमश बढ्दै गएको पाइन्छ । नेपालसहित विश्वका धेरै देशहरूमा मानव बेचबिखन तथा ओसार-पसार निक्कै गम्भीर समस्याका रूपमा रहेको पाइन्छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारण बन्दै आइरहेका छन् ।

    यसले के प्रष्ट देखाउछ भने समाजमा रहेका तपाईं हामी सबै नागरिक कुनै न कुनै दृस्ठिकोणबाट पीडित भएका छौ । त्यसो त पछिल्लो समय नेपालमा मानव बेचबिखन तथा ओसारपसारको अवस्था तपाईं हामीले सोच्नै नसकिने खालको रहेको विभिन्न तथ्यांकले देखाइरहेको छ । गरिवी र बैदेशिक जागिरको प्रलोभन वा बिहेवारीको मायाजाँलमा पारेर मानव बेचबिखन र तस्करी हुने गरेका उदाहरणहरु हाम्रा समाजमा बिद्दमान छन । चितवन जिल्ला पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको (टान्जिट पोइन्ट) मुख्य केन्द्र बन्दै गएको एक अध्ययनले देखाएको छ ।

    शक्ति समूहको तथ्यांकअनुसार चितवन जिल्ला मानव बेचबिखन तथा ओसारपसारको लागि मुख्य केन्द्रको रुपमा रहेको देखाएको छ । विविध प्रलोभनमा पारी वैदेशिक रोजगारी र अध्ययनको शिलशिलामा बिदेशमा लगेर मानव बेचिने क्रम निकै डरलाग्दो अवस्थामा रहेको शक्ति समूह ब्यबस्थापन समितिका सदस्य तथा अधिबक्ता दिलिप कोइरालाको भनाइ छ । लामो समय देखि मानव बेचबिखनको क्षेत्रमा काम गर्दै आइरहेको शक्ति समूह भन्छ चितवन लगायत नेपालमा मानव बेचबिखनको अवस्था निकै दयनीय र भयाबह रहेको छ ।

    शक्ति समूह मानव बेचबिखन ओसारपसारको क्षेत्रमा अनवरत रुपमा काम गर्दै आइरहेको सस्था हो । विभिन्न प्रलोभनमा जाने या वैदेशिक रोजगारीमा जाने मध्ये पुरुषहरु बढी मात्रमा बेचिने गरेका छन तर उनिहरु खुलेर आउन नचाहेको देखिन्छ । बिदेश जानेहरु मध्ये पुरुषहरु पनि यौन शोषणमा पर्ने गरेको पनि तथ्यांकले देखाएको छ । प्रति एक सयमा एक जनाको मात्रै उद्वार हुने गरेको छ । कुनै पनि बाहनामा कसैलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानुलाइ पनि मानव बेचबिखन भनिन्छ ।

    ऐनले पनि देश भित्र एक ठाउँबाट अर्को ठाउँमा मान्छे ओसारपसार गर्ने कार्यलाइ मानव बेचबिखन भनेको छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारणहरु बन्दै आइरहेका छन्। अमेरिका आफ्नो प्रतिबेदनमा भन्छ, मानव बेचबिखन रोक्नलाई पर्याप्त कदम चाल्न नेपाल असफल रहेको छ। प्रतिवेदनमा उसले अगाडि थपेको छ नेपालीहरू जाने गन्तव्य मुलुकमा उनीहरूको अधिकारको संरक्षण हुने गरी सम्झौता गर्न आवश्यक छ ।

    मानव बेचविखन अन्त्य गर्न हरेक राष्ट्रको सरकारले गरिवी हटाउने कामलाई विशेष जोड दिने र रोजगारीको अवसर सिर्जना गर्ने नीति अपनाउनु पर्दछ । नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन । मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधलाई समयमै न्यूनीकरण गर्न नसके यसले बिकराल रुप लिनेमा कुनै शका नहोला ।

    त्यति मात्रै कहाँ हो र मानव बेचबिखन तथा ओसारपसार सग सगै बाल शोषण, महिला हिसा, अबैध बेश्याबृती, लागू औसध ओसारपसार लगाएतका अन्य थुप्रै विषयहरुमा कडा निति नियम बनाएर कानुन सम्बत कारबाही गर्नु पर्ने आजको टड्कारो आवश्यकता हो । सरकारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ लाइ संशोधन गरी संघीय संरचना अनुकूल बनाएको छ । ऐनको दफा १७ मा भनिएको छ मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद वा २ लाख मध्ये कुनै एक वा दुवै जरिवानाको व्यवस्था छ ।

    मानव बेचविखन तथा ओसारपसार ऐनको दफा ४ मा कुनै पनि उद्देश्यले मानिस बेच्ने, किन्ने,वेश्यावृत्तिमा लगाउने, मानिसको अङ्ग झ्क्निे, वेश्यागमन गर्ने कार्यलाई मानव बेचविखन भनिएको छ । मानव बेचविखन सम्बन्धी अपराधमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन परम्परागत कानूनी परिभाषाको कुनै अर्थ नभएको बिज्ञहरु बताउँछन् । मानव बेचविखन जस्तो जघन्य अपराधको मामलामा पनि नेपाल सरकार मौन देखिन्छ । यसले के देखाउछ भने मानव बेचविखनको सवालमा सरकारले उल्टै अपराधीहरुलाइ सहयोग गरेको हो कि भन्ने विश्लेषण पनि गर्न थालिएको छ । यो अमानवीय र दण्डनीय अपराध रोक्न हामी सबैको थप सक्रियता र प्रतिवद्धता आवश्यक छ ।

    मानव बेचबिखनलाई कानूनले दण्डनीय अपराधको रुपमा व्याख्या गरेको छ । घर घरमा आएको सिहदरबार र गाउँ गाउँमा आएको स्थानीय सरकारलाइ नै सम्पूर्ण जिम्मेवारी दिएर कानुन सम्बत मानव बेचविखनका विरुद्धमा काम गर्न प्रोत्साहन गर्न जरुरी छ । अहिले नगरे कहिले गर्ने, हामिले नगरे कस्ले गर्ने भन्ने सिद्धान्तलाई आत्मसात गरेर तपाईं, म र हामी सबै नेपाली एक भएर अगाडि बढ्न सके मात्र अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाउनुको खास महत्त्व सावित हुने छ । अनि मात्र हामीले भोलिका हाम्रा सन्ततिलाई कु मार्ग बाट फिर्ता बोलाएर सहि मार्गमा हिडाउन र डोर्‍याउन सकिन्छ ।

    ( लेखक अधिकारी नेपाल पत्रकार महासघ चितवनका सदस्य तथा नेपाल प्रेस युनियन चितवनका जिल्ला कार्यसमिति सदस्य हुन )

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.