• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

जिल्ला अस्पताल लमजुङमा स्थापनाको ४६ वर्षपछि डायलसिस सेवा

  •   बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ  ।  जिल्ला अस्पताल लमजुङबाट स्थापना भएको ४६ वर्षपछि डायलसिस सेवा सुरु गरीएको छ । दुवै मिर्गौला फेल भएर डायलसिस गर्दै आएका बिरामीले बेंसीसहरस्थित जिल्ला अस्पतालबाट सेवा पाउन थालेका छन् । अस्पतालले केही दिन अघिबाट मिर्गौलाको डायलसिस सेवा सुरु गरेको छ ।

    २०३२ सालमा १५ शय्याको जिल्ला अस्पतालका रूपमा स्थापना भएको यो अस्पताल २०५८ मा समुदायलाई हस्तान्तरणपछि सरकारको पब्लिक प्राइभेट पार्टनरसिप नीतिअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) र लमजुङे नागरिकको प्रतिनिधित्व गर्दै लमजुङ एकीकृत स्वास्थ्य केन्द्रबीचको सम्झौताअनुसार सुरुमा ५ वर्ष सञ्चालन गरिएको थियो । त्यसपछि एचडीएसले मात्रै सरकारसँग सम्झौता गरेर अस्पताल सञ्चालन गर्दै आएको छ ।

    गण्डकी प्रदेश सरकार र एचडीसीएसबीच ५ वर्षको व्यवस्थापन सम्झौता गरेर एचडीसीएसले सञ्चालन गरिरहेको उक्त अस्पताल सरकारलाई बुझाउन प्रदेश सरकारले ताकेता गरेको छ । डायलसिसका लागि ४ जना स्टाफ नर्सले तालिम लिएर आएका छन । एक जना विदेशी नागरिक मिर्गौला रोग विशेषज्ञ डा. एमिल बिटी, जनरल सर्जन डा. सुवास मगर, इन्टरनल मेडिसिन डा. अञ्जु गुरुङलगायतले निगरानी गरिरहेका छन । लमजुङमा हेमो डायलसिस सेवा सुरु भएको हो ।

    दुवै मिर्गौला फेल भएका व्यक्तिले १ सातामा २ देखि ३ पटकसम्म डायलसिस गर्नुपर्छ । मधुमेह, उच्च रक्तचाप, फोक्सोको संक्रमणलगायत समस्याका कारण मिर्गौला फेल हुन्छ । मिर्गौलाको आन्तरिक कारणले पनि फेल हुन्छ । प्रत्यारोपण गर्न नसक्ने अवस्थामा र नगरिसकेको अवस्थामा गर्ने भनेको डायलसिस हो ।

    अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार इमर्जेन्सी सेवाका लागि कोभिडकालमा निर्माण गरिएको प्रिफ्याबको भवनमा अहिले डायलसिस सेवा सुरु गरिएको छ । भवनका लागि गण्डकी प्रदेश सरकारले २५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

    ‘प्रदेश सरकारमार्फत ७ वटा मेसिन प्राप्त भएकोमा ६ वटा जडान गरिएको छ । उनका अनुसार लमजुङका मात्रै नभएर अब छिमेकी जिल्ला मनाङ, तनहुँ, गोरखालगायतका जिल्लाले पनि सेवा पाउनेछन । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीका अनुसार डायलसिसका ३ वटा मेसिन स्वास्थ्य कार्यालयमार्फत खरिद गरेको थियो । आवश्यक सामग्रीसहित यसका लागि ५० लाख रुपैयाँ बजेट आएको थियो । ४ वटा मेसिन भने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराएको उनले बताए । लमजुङमा हाल बाहिरी जिल्लामा डायलसिस गरिरहेका बिरामीको संख्या ६४ जना छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.