गैंडाकोट । रानाभाट/भाट समाज नेपालको ५ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । शनिवार गैंडाकोटको श्रीराम पार्टी प्यालेसमा सम्पन्न समाजको ५ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै नवलपुर क्षेत्र नं. १ का संसद शशांक कोइरालाले देशै भरबाट यसरी एकतागत रुपले एकीकरण हुन सफलभएको मा केन्द्रिय समितीलाई सफलताको शुभकामना दिदै अहिलेको संविधानमा केही संसोधन गर्दै अझै नागरिक हकहितका लागि आफू लागि पर्ने बताउनु भएको छ ।
कार्यक्रममा गैंडाकोटनगरपालिकाका मेयर मदनभक्त अधिकारी , गण्डकी प्रदेश सभासद एवं सचेतक ओमकला गैरे , इतिहास बिद प्रा.डा राजाराम सुवेदी , रानाभाट/भाट समाजका संस्थापक सदस्य खडक बहादुर रानाभाट , नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति अमृत भट्टचन , नेपाली काङ्ग्रेस जिल्ला सभापति महेन्द्र ध्वज जिसि , नेपाली काँग्रेस का नवलपुरका सचिव हाेमराज रानाभाट लगाएत बिशेष अतिथी रहनु भएको थियो ।
रानाभाट / भाट समाज नेपाल का केन्द्रीय अध्यक्ष बावुराम रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नेत्र बहादुर रानाभाटले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन महासचिव हरि रानाभाटले गर्नु भएको थियो । यो समाचार तयार पार्दा सम्म समाजको बन्द सत्र जारी रहेको छ ।








