• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जग्गा विवादले सिँचाई आयोजनामा ढिलासुस्ती

  •   मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित
  • लोकतान्त्रिक सिँचाई योजनाको मुहान । तस्बीरः दमन राई
    • अ
    • अ
    • अ

    खोटाङ ।  सम्झौताअनुसार काम भएको भए खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लोकतान्त्रिक सिँचाई योजना हाल सञ्चालनमा आइसकेको हुन्थ्यो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे, दिप्रुङ चुइचुम्मा गाउँपालिका–सछितापोखरी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका खेतमा सिँचाइ सुविधा पुगिसकेका हुन्थे । तर, सम्झौता म्याद नाघिसक्दा सिँचाई योजनाको करिब ६० देखि ६५ प्रतिशत मात्र काम सकिएको  जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले बताए ।

    २०७९ असार मसान्तभित्र काम सम्पन्न गर्नेगरी लोकतान्त्रिक सिँचाई आयोजनाको सम्झौता ७ मंसिर २०७६ मा गरिएको थियो । डिजाईन परिवर्तन, निर्माण कम्पनी स्काई रामसागर विवस जेभीको ढिलासुस्ती र कोभिड–१९ को महामारीका कारण लोकतान्त्रिक सिँचाई योजनाको काम सम्झौता अवधिमा पुरा हुन नसकेको हो । प्रदेश सरकारको ७ करोड ८२ लाखको लागतमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको सिँचाई आयोजनाको काम सुरु गरिएको हो ।

    सुरुमा सिँचाई योजनाको नहर आरसीसी ढलान गर्नेगरी डिजाइन गरिएको थियो । सोही अनुसार रुटमा पर्ने क्षेत्रका जग्गाधनीबाट जग्गा व्यवस्था गरिएको थियो । तर, त्यसको केही समयपछि आरससीसी ढलानको सट्टा पाईप राख्नेगरी अर्को डिजाइन तयार पारेर काम अघि बढाइयो । आयोजनाको डिजाइन परिवर्तनले पाइप लाईन डाउन हुँदा नहरको रुट पनि परिवर्तन हुन पुग्यो । पाईप फुटेको खण्डमा जोखिम हुने भन्दै नयाँ रुटमा पर्ने जग्गादाताले जग्गा दिन अस्वीकार गरेपछि आयोजनाको काममा थप विलम्ब भएको हो ।

    जमिनमा नगाडी तेस्र्याएर राखिएको पाईप फुट्दा विपत्ति निम्त्याउने त्रासले स्थानीयले जग्गा दिन अस्वीकार गरेको लोकतान्त्रिक सिँचाई योजना उपभोक्ता समिति अध्यक्ष खगेन्द्र राईले बताए । सिँचाई योजनाको ११ किलोमिटर पाईपलाईनको काम गर्नुपर्ने सम्झौता छ । मुहाननजिकै काठले पाइपलाई टेवा दिइएको पाइएको छ । ‘पहिला नहरको आरसीसी ढलान गर्ने भनेर रुटमा पर्ने जग्गा व्यवस्था गरिएको थियो । पछि ढलानको सट्टा पाईप राख्नेगरी डिजाइन परिवर्तन भयो,’ अध्यक्ष राईले भने, ‘पाईपलाई थोरै डाउन गर्दै राख्नुपर्ने भयो ।

    त्यसो गर्दा पहिला सर्भे भएको ठाउँभन्दा तलबाट पाईपलाइन विस्तार गर्नुपर्ने अवस्था आयो । तर , नयाँ रुटमा पर्ने जग्गादाताले जग्गा दिन अस्वीकार गरे । जग्गा प्राप्त गर्न समय लाग्यो ।’ जग्गासम्वन्धी केही समस्या हल गरेर काम अघि बढाइएको र केही समस्या हल गर्न बाँकी रहेको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयले जनाएको छ । निर्माण कम्पनी स्काई रामसागर विवस जेभीले माटो कटिङ, फिलिङ, मेसिनरी वाल, जाली, आरसीसी ढलान र पाइप जडानको ठेक्का लिएको छ ।

    स्वयं उपभोक्ता समितिले पनि ५४ लाख बराबरको झाडी फाँड्ने, माटो कटिङ, फिलिङ, मेसिनरी वाल, जाली भर्ने र आरसीसी  ढलानको जिम्मा लिएको छ । उपभोक्ता समितिले हालसम्म २६ लाखको काम गरिसकेको जनाएको छ । हालसम्म आयोजनाको काम भएवापत ५ करोड निकासा भइसकेको छ । सम्झौता म्यादभित्र सिँचाई योजनाको काम नहुँदा स्थानीय निरास बनेका छन् । सिँचाई योजनाको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।

    ‘जुन समयमा सक्नुपर्ने हो, त्यो समयमा सकिएन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘योजनाले सबैभन्दा बढी बतासेको इजरामा सिँचाई सुविधा पुग्ने छ । बारीलाई खेत बनाउने वातावरण बन्छ । तर काममा ढिलासुस्ती भएको छ ।’

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.