• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सडक बिस्तार नसकिँदै आयोजनाको कार्यालय खारेज

  •   मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । सडक विस्तारको काम पुरा नहुँदै बेलहिया–बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाको कार्यालय खारेज भएको छ ।

    बुटवलदेखि बेलहियासम्म ६ लेन सडक बिस्तार गर्नेगरी १० वर्षअघि आयोजनाको कार्यालय स्थापना भएको थियो । तर आयोजनाले अहिलेसम्म बुटवलको राजमार्ग चौराहादेखि बेलहिया सम्म २४ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ भने चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक दुई  वर्षदेखि अलपत्र छ ।

    त्यस्तै बेलहियाको ७०० मिटर सडक निर्माण पनि अलपत्र छ । सडक निर्माण नसकिँदै आयोजनाको कार्यालय खारेज भएपछि निर्माणको काम अझै अलपत्र पर्ने अवस्था देखिएको छ । आयोजनाको काम डिभिजन सडक कार्यालय बुटवलले  हेर्नेगरी कार्यालय खारेज भएको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।

    चौतर्फी दवावकाबीच केही दिन काम गरेको बुटवलको अस्पताल लाइन क्षेत्रमा एकतर्फी बनाएर ठेकेदार सम्पर्क विहीन भएपछि सडक प्रयोगकर्ताहरूलाई सास्ती भएको छ । सबैभन्दा बढी सवारी साधनको चाप हुने लुम्बिनी बस टर्मिनल देखि ट्राफिक चोकसम्मको करिब ५०० मिटर सडक एकतर्फी बनाएर ठेकेदार हिँडेपछि उक्त क्षेत्र अस्तव्यस्त छ ।

    पछिल्लो समय सडक पिच गर्ने भन्दै बुटवल बसपार्कदेखि ट्राफिक चोक पश्चिमतर्फको सडक झण्डै एकमहिना देखि बन्द गरिएको छ । पूर्वतर्फको सडकमा मात्रै दुईतर्फी चल्ने सवारी साधन सञ्चालन हुँदा सडकमा सवारी साधनको चाप हुने कार्यालय समयमा घण्टौंसम्म सवारी साधनको बाक्लो भिड लाग्ने गरेको छ ।

    साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ साल चैत १७ गते ठेक्का सम्झौता गरिएको सडकमा ६ वर्षमा बल्ल ३० प्रतिशत मात्रै काम भएको छ । समयमा काम सम्पन्न नहुँदा सडकमा परेका खाडलमा वर्षाको पानी जम्मा भएर सडक झनै अस्तव्यस्त बनेको छ ।

    गत असार ३० गते ठेक्का अवधि सकिएको निर्माण कम्पनी द कञ्चनजङ्घा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिले ठेक्का अवधि थप गर्न केही दिन निर्माण कार्य अगाडि बढाएजस्तो देखाए पनि अहिले निर्माणको काम ठप्प छ ।

    आयोजनाको कार्यालय खारेज भएको पत्र भने अहिलेसम्म नआएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख होम एसीले जानकारी दिए । ‘खारेज भएको भन्ने सुनेको छु, तर पत्र आइसकेको छै,’ उनले भने ।

    बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले विगतमा सडकको क्षेत्राधिकार मिचेर बनाएका घर लगायतका संरचना हटाउन खोज्दा सडक क्षेत्राधिकार मिच्नेलाई बोक्दै काठमाडौं पुगेर राजनीतिक र अदालतको ढोका ढकढक्याउने कामको अगुवाइ गरेका थिए । तर अहिले पाण्डेले स्थानीय तहको निर्वाचन लड्दै गर्दा आफू विजयी भए ६ महिनाभित्र सडक निर्माण पूरा गर्ने बताएका थिए । तर अहिले भने उनले सडक  बिस्तारमा ढिलाइ भएकोमा आफू निकै चिन्तित भएको बताए ।

    बुटवल–बेलहिया सडक आयोजनाको जिम्मेवारी सम्हालेका सडक डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख जयलाल मरासिनी सडक क्षेत्राधिकार खाली गर्न अहोरात्र खटिँदा सार्वजनिक रूपमा अपमानित गरिएको थियो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.