हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि मकवानपुर जिल्ला प्रशासन कार्यलयले आज राति १२ बजेबाट हेटौंडा उपमहानगरपालिका सहित महेन्द्र राजमार्गले छोएका मकवानपुरको मनहरी गाउँपालिकाको वडामा समेत निषेधज्ञा जारी गरेको छ । प्रशासनले सोमबार निषेधज्ञा सम्बन्धी अत्यन्त जरुरी सूचना निकाल्दै आज राति १२ बजेबाट साउन ३२ गते राति १२ बजे सम्म निषेधज्ञा जारी रहने जनाएको छ ।








