• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

साढे दुई करोडको कम्पनी बेचेको पैसा माग्दा उल्टै क्षतिपूर्ति मुद्दा, प्रहरीको अनुसन्धानमाथि शंका

  •   सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । पश्चिम नवलपरासीको सुनवलका प्रियव्रत श्रेष्ठले राम्रै चलेको १७ वर्ष पुरानो कम्पनी गत वैशाख ३ मा लुप नेटवर्क पौने तीन करोडमा बेचे । इन्टरनेट सेवा प्रदायक उनको कम्पनीका दुई हजार बढी ग्राहक थिए र मासिक २५ देखि ३५ लाख रुपैयाँ आम्दानी हुन्थ्यो । कम्पनी बेचेको पैसा पाउने बेला भने श्रेष्ठले उल्टो क्षतिपूर्ति मुद्दाको झमेला खेप्नुपरेको छ ।

    काठमाडौंमा केन्द्रीय कार्यालय रहेको लुप नेटवर्क लिमिटेडले श्रेष्ठको एक्मी टेक्निकल इन्स्टिच्युट प्रालिलाई दुई करोड ५० लाख रुपैयाँमा ३ वैशाखमा मा खरिद गरेको थियो ।

    खरिद सम्झौता अनुसार पहिलो किस्ता वापत ७० लाख रुपैयाँ साउन १५ गते तिर्नुपर्ने थियो । लुप नेटवर्कले साउन १५ मा ७५ लाख, भदौ १५ मा २५ लाख, असोज १५ मा २५ लाखका दरले पुस १५ सम्म सबै रकम चुक्ता गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

    लुप नेटवर्क लिमिटेडले सिटिजन्स बैंक इन्टरनेशनलको साउन १५ कै मितिको ७० लाखको चेक एक्मीका पुर्व सञ्चालक प्रियब्रत श्रेष्ठलाई दियो । तर, खातामा रकम नभएपछि उक्त चेक साउन २९, ३१ र भदौ २ गते तीनपटक सम्म साटिएन ।

    यसबीचमा श्रेष्ठले खातामा रकम जम्मा गर्न आग्रह गरे । यही विषयमा दुई पक्षबीच विवाद पनि भयो । भदौ ६ गते दुबै पक्ष जिल्ला प्रशासन कार्यालयमा छलफल गरी लुप नेटवर्कले सम्झौता अनुसार रकम भुक्तानी गर्ने सहमति भयो । तर, लुप नेटवर्क लिमिटेडले रकम भुक्तानी गर्नुको साटो भदौ १६ गते श्रेष्ठविरुद्ध कम्पनीलाई क्षति पु¥याएको भन्दै  जिल्ला अदालतमा क्षतिपूर्तिको मुद्दा दर्ता ग-यो ।

    प्रशासनमा मिलापत्र भइसकेर रकम पाउने आशामा बसेका श्रेष्ठ लुप नेटवर्कका सञ्चालकले रकम नतिर्न आफूविरुद्ध योजनावद्ध षडयन्त्र गरेको महसुस गरी भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा लुप विरुद्ध चेक अनादरको उजुरी दिएको बताउँछन् ।

    चेक अनादरको उजुरी दिन जाँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख र डीएसपीले बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म आलटाल र बहानाबाजी गरेको समेत श्रेष्ठको गुनासो छ । जिल्ला सरकारी वकिल कार्यालयमा गुनासो गरेपछि साँझ साढे ६ बजे मात्रै आफ्नो उजुरी दर्ता भएको उनले बताए ।

    ‘कारोबारको ऋण तिर्नका लागि १७ वर्ष मेहनत गरेर राम्रोसँग चलेको कम्पनी बेचेको थिएँ, पैसा पाउने बेलामा घर न घाटको भएर उल्टो क्षतिपूर्तिको मुद्दा खेपेको छु,’ पत्रकार सम्मेलन गरेर श्रेष्ठले भने, ‘मलाई पीडामाथि पीडा र अन्याय भयो, प्रहरी प्रशासनको अनुसन्धानमा पनि शंका छ ।’

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.