चितवन । दशैंको अबसर पारेर रेष्टूरेन्ट एण्ड बार एसोसियसन चितवनले फुड एण्ड म्यूजिक फेष्टा गर्ने भएको छ । चार्ड पर्बलाई परिवारसंग मात्रै नभएर साथिभाईहरु संग पनि रमाईलो गर्न सकिन्ने उद्धेश्यका साथ फेष्टा गर्न लागिएको हो ।
आयोजकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि फेष्टा गर्न लागिएको जनाएको हो । फेष्टामा द एज ब्याण्ड, भेग वाइबा, योगेश थापा, प्रकाश सपुत तथा स्थानीय कालकारहरुको प्रस्तुती रहने एसोसियसनका अध्यक्ष अच्यूतराज भट्टले जानकारी दिनुभयो । नारायणगढको क्याम्पाचौरमा आयोजना गर्न लागिएको फेष्टामा ६ देखि ८ हजार दर्शकले अबलोकन गर्ने उहाँले बताउनुभयो । आन्तरिक पर्यटन प्रबर्धन गर्ने उद्धेश्यका साथ सञ्चालन गर्न लागिएको सो कार्यक्रममा ४० वटा स्टलहरु रहने छन् ।
स्थानीय देखि बिदेशी स्वादका समेत चाख्न पाईने उहाँले जानकारी दिनुभयो । एसोसियसनले हरेक वर्ष फुलपातीको दिन आयोजना गर्ने गरी यो कार्यक्रम सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । कार्यक्रमका लागि रु ३५ लाख ५० हजार खर्च आउने आयोजकले जनाएको छ ।








