• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नागरिकता विधेयक राष्ट्रहित विपरीत : पौडेल

  •   शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संसदले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रहित अनुकूल नभएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेको बताएका छन् । सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई प्राथमिकतामा नराखी भोलि बिहे गरेर आउनेहरूका लागि प्राथमिकता दिएर विधेयक ल्याएकाले यो राष्ट्रहित अनुकूल नभएको उनको दाबी छ ।

    नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले विजयादशमी, दीपावली, नेपाल संवत तथा छठको अवसरमा शुक्रबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान, स्वागत एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । ‘जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्नेमा एमाले दृढ छ, तर गठबन्धन सरकारले यसलाई भन्दा बढी प्राथमिकता बिहे गरेर नेपाल आउनेहरूलाई राख्यो, जसका कारण नागरिकता विधेयक राष्ट्रको हितमा देखिएन,’ उनले भने ।

    उपाध्यक्ष पौडेलले पाँच दलीय गठबन्धन मुलुकमा बेथिति सिर्जना गर्ने उद्देश्यले निर्माण गरिएको आरोप समेत लगाए । ‘गठबन्धन मुलुकमा बेथिति ल्याउनका लागि जन्मेको हो, जोसँग मुलुकमा अस्थिरता सिर्जना गर्ने बाहेक अर्को एजेण्डा छैन,’ उनले भने । पाँच दलीय गठबन्धन पाँचतिर फर्केको र यससँग साझा नीति, कार्यक्रम र घोषणापत्र नभएको र देश हाँक्ने विश्वासिलो नेतृत्व समेत नभएको दाबी गर्दै उपाध्यक्ष पौडेलले मुलुकलाई यो बेथितिबाट पार लाउन आगामी चुनाव एमालेले जित्नैपर्ने बताए ।

    निजामती कर्मचारी संगठनले कर्मचारीको वृत्ति विकासदेखि लिएर अन्य पेसागत मुद्दाहरू सम्बोधन गर्नका लागि पनि एमालेको जित अपरिहार्य रहेको उनले बताए । उनले पेसाकर्मीहरूको मनोबल माथि उठाउनुपर्ने र उनीहरूको स्वाभिमानमा आँच पुग्न दिन नहुने कुरामा एमाले दृढ रहेको पनि बताए । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य काशीराम आचार्य, संगठनका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज नारायणप्रसाद भण्डारी, आधिकारिक ट्रेड युनियनका पूर्व केन्द्रीय सदस्य मेघदेव पन्त, संगठनका जिल्ला अध्यक्ष प्रेमप्रसाद खनाल, उपाध्यक्ष ठानेश्वर बस्याल, सचिव जीवन पौडेललगायतले कर्मचारीका पेसागत समस्या तथा संघीय निजामती ऐनका बारेमा आआफ्नो धारणा राखेका थिए ।

    त्यस अवसरमा कर्मचारीबाट स्वैच्छिक अवकाश लिएका आधिकारिक ट्रेड युनियनका पूर्व केन्द्रीय सदस्य मेघदेव पन्तलाई सम्मान गरिएको थियो भने संगठनमा नयाँ सदस्यहरूलाई स्वागत गरिएको थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.