सिरहा । सिरहामा अवैध सालको काठसहित वन कार्यालयको टोलीले ६ जनालाई पक्राउ गरेको छ । दुईवटा ट्रयाक्टरमा ओसार्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नगढीमाई नगरपालिका–१४ का समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ निवासी जितकुमार साह र शिवनाथ साह रहेका छन् ।डिभिजन वन कार्यालय लहान सिरहाको टोलीले सोमबार राति चुरे जंगलबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको अवस्थामा काठ बोकेको ना४त ८७२८ र स१त ५२९७ नम्बरको ट्रयाक्टरमा ओसार्दै गरेको ६९ थान काठ, ट्रयाक्टर र एक थान मोटरसाइकलसहित ६ जनालाई नियन्त्रणमा लिई आवश्य कारवाही अघि बढाएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए ।








