काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा दार्चुलाका ५ जना पुरुष, कञ्चनपुरका ३ पुरुष र कैलालीका २ पुरुष गरी १० जनामा संक्रमण देखिएको हो । योसँगै, प्रदेशमा संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ । हालसम्म १ जनाको मृत्यु भएको छ भने ८४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।








