• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

सडकमा मजदुरी गर्ने बालबालिका भन्छन्– चाडबाड आओस् कि चुनाव, हाम्रो पीडा कसैले सुन्दैनन्

  •   सोमबार, असोज १०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी  । चुनाव नजिकिँदै गएसँगै नेताका पुराना रटानहरू पुनरावृत्ति भइरहेका छन् । उनीहरूको भाषणलाई मात्रै मान्ने हो भने त  नेपाल स्वीटजरल्याण्ड बनिसक्यो । जनताले अब आधारभुत आवश्यकताका त कुरै गर्न छाडिसके ।

    केही नेता विकासका नक्कली फेहरिस्ता देखाएर भोट माग्न मतदाताको घर आँगनमा देखिन थालिसकेका छन् । नयाँ नेता र दलहरू भने तिनै पुनराना नेतालाई गाली गरेर सहानुभुति बटुलिरहेका छन् । तर, न चरित्र बदलिएको छ न त परिवेश नै ।

    यथास्थितिलाई नै मलजल गरिरहेका नेताहरू परिवर्तनको ढोङ फुक्छन् र जनतालाई बन्दी बनाइ रहेका छन् । जसका ज्वलन्त कथाहरू तराइका गल्ली र ग्रामीण बस्तीमा बग्रेल्ती पाइन्छन् ।

    यस्तै, प्रतिनिधि उदाहरण हुन् महोत्तरी गौशालाका १२ वर्षीय अभिषेक मुखिया र १४ वर्षीय अर्जुन मण्डल । बर्दिबास नगरपालिकाको चोक र मुख्य बजारमा खाली प्लाष्टिकका बोतल खोज्दै भौतारिने यी दुवै किशोरको साझा समस्या गरिबी हो । तर, परिवेश भने फरक छ ।

    गौशाला नगरपालिकास्थित जिरो माइलमा बस्ने यी बालकहरूको दैनिकी फोहोरमा फ्याँकिएको बोतलवाट सुरू हुन्छ । उनीहरू दिनभरी बर्दिबासमा बोतल टिप्छन् र बेलुका गाडी चढेर गौशाला फर्कन्छन् ।

    अभिषेककुमार मुखियाका बाबु उमेशकुमार मुखियाको एउटा हात चल्दैन । आमा शान्ति मुखियाले उमेशलाई छाडेर अर्कैसँग बिहे गरिन् । त्यसपछि अभिषेक नै परिवारको पोषणकर्ता बने ।

    अभिषेकको घरमा बिरामी बुबा मात्रै छैनन् । उनको आफ्नै पनि खुट्टाभरी घाउ छ । औलाहरू सुन्निएका छन् । कपडा पुराना भएर च्यातिएका छन् । तर यी हातखुट्टा चलिन्जेल अभिषकलाई आराम गर्ने छुट छैन । आफ्ना चाहना र रहर मारेर बिरामी बुबाको पालनपोषण गरिरहेका छन् ।

    औसत बालबालिकाको जस्तै अभिषेकको पनि विद्यालय गएर पढ्ने मन छ । खेल्ने रहर छ । काम गर्नै नपरोस् भन्ने चाहना छ । तर, गरिबी उनको लागि पहाड बनेका उभिएको छ । ‘पढ्न मन त छ तर के गर्ने ? बुबालाई पाल्नु पर्याे,’ उनले भने ।

    पढ्ने रहर छ ? भनेर सोध्दा उनी निक्कै निन्याउरो अनुहार लगाएर बसिरहे । प्लाष्टिक थुपारेको ठूलो धोक्रामाथि अडेस लागेर रोइ मात्रै राखे । यो दृश्य देखेपछि नेताहरूका ‘बकम्फुसे’ भाषणको स्मरण गर्याै । उनीहरूले झुटको खेती गरेर जनताको गरिबीलाई मजाक बनाइरहेको झलझली सम्झियौं ।

    अभिषेकले दिनभरी १० देखि १२ केजी प्लाष्टिकका बोतल बटुल्छन् । एक केजीको २५ रूपैयाँ आउँछ । यसबाट उनी तीन सय रुपैयाँ जति कमाउँछन् । त्यही पैसाबाट उनको परिवार चल्छ । अभिषेकले आँशु पुछेर फेरि भने, ‘बुबालाई सरकारले अलिकति पैसाको ब्यवस्था गरिदिए म विद्यालय जान पाउँथेँ की ।’

    अर्जुन मण्डलको व्यथा पनि उस्तै छ । अर्जुनको बुबाआमा दुवै छन् । तर, पढाउन सक्ने क्षमता छैन । सामान्य बनिबुतो गरेर बिहान बेलुकीको छाक टार्ने मण्डल परिवारले अर्जुनलाई विद्यालय पठाउन सक्दैन । यद्यपि, अभिषेकको बिरामी बुबाको उपचार र के खुवाउने भन्ने पीर अर्जुनलाई छैन ।

    दुवै जना विद्यालय जान नपाएका कारण एकअर्काका सयात्री बनेका छन् । उनीहरूको हाँस्ने, खेल्ने वा रमाइलो गर्न कुनै समूह छैन । नत साथीसङ्गीको जमात नै छ । तर यी दुई जना एक अर्काेका लागी सबैथोक बनेका छन् ।

    दसैंै नजिकै आएको छ । बजारको चलपहल बढेको छ, मान्छेहरूको भीडभाड थेगिनसक्नुको छ । आफन्त तथा टाढा भएकाहरू एकै ठाउँमा जमघट हुँदैछन् । तर, अभिषेक र अर्जुनको दुनिया फरक छ ।

    चाहे दसैँ होस या चाहे छठ होस । पर्व उनीहरूको लागी आउँछ जान्छ । अर्जुन र अभिषेकले अहिलेसम्म कुनै पनि पर्वको महसुस नै नगरेको बताए । आफ्ना पीडा सुनाएर उनीहरू पुनः गन्तव्यतर्फ लागे ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.