• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

करारको अनमी भर्ना परीक्षा पुनः सञ्चालनको माग

  •   सोमबार, असोज १७, २०७९ मा प्रकाशित
  • रावाबेँसी गाउँपालिकाको कार्यालय ।
    • अ
    • अ
    • अ

    खोटाङ ।  खोटाङको रावाबेँसी गाउँपालिकामा करारको अनमी भर्नाका लागि सञ्चालन गरिएको परीक्षा पुःन सञ्चालनको माग उठेको छ । करारमा सहायकस्तर चौथो स्तरको दुई जना अनमी भर्नाकालागि गाउँपालिकाले गत  १ असोजमा लिखित तथा मौखिक परीक्षा सञ्चालन गरेको थियो । तर, एक परीक्षार्थीले ‘सेटिङमा करारका अनमी भर्ना गरेको आरोप लगाउँदै पुःन परीक्षाका लागि गाउँपालिकामा निवेदन दिएका छन् । असोज २ गते दिइएको निवेदन उपर गाउँपालिकाबाट कुनै सुनुवाई नभएको निवेदकले बताएका छन् ।

    आर्थिक वर्ष २०७९र०८० को करार पदमा सहायकस्तर चौथो तहको अनमी भर्नाका लागि गाउँपालिकाले भदौ १० गते विज्ञापन आव्हान गरेको थियो । निवेदनमा स्वास्थ्य आयोगको ढाँचा र नियम अनुसार ५० वटा प्रश्न सोधिनु पर्नेमा २४ वटा मात्र सोधिएको, पहिल्यै हल्ला चलेअनुसार गाउँपालिका अध्यक्षले बोलाएकै व्यक्तिले उत्तिर्ण गरेको, उत्तिर्ण परीक्षार्थी १० मिनेटमै परीक्षा हलबाट बाहिरिएको, २४ प्रश्नमध्ये २४ वटै जवाफ मिलेका कारण प्रश्न–पत्र आउट भएको उल्लेख छ । निवेदनमा परीक्षा सञ्चालन अवधिको सीसी क्यामेराको फुटेज हेर्नुपर्ने भनिएको छ । कानुन हातमा लिइ मनपरी गरेको हुनाले कानुनअनुसार पुनः परीक्षा गराइ दिन अनुरोध छ,’ निवेदनमा भनिएको छ, ‘निवेदनको बेवास्ता गरी पुःन परीक्षा नगराए माथिल्लो निकायमा जाने जानकारी गराइन्छ ।’

    गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले भने अन्तिम परिणाम घोषणा भइसकेकाले पुनर्वितार गर्न नसकिने बताएका छन् । “अरु विषयको परिक्षाको परिणामको बारेमा पनि केही भाईहरुले असन्तुष्टि जनाइरहेका थिए । लिखितरुपमा आधार दिनुस् भनेँ तर दिनु भएन,’ अध्यक्ष श्रेष्ठले भने, ‘अनमीको विषयमा भोलीपर्सीपल्ट मात्र निवेदन परेको सुनेँ । अन्तिम परिणाम सार्वजनिक गर्नुअघि लिखित निवेदन परेको परीक्षा रोकेर भए पनि छलफल गर्न सकिन्थ्यो ।’

    गाउँपालिकाले करारमा अनमीसहित हेल्थ असिस्टेन्ट, रोजगार सहायक र कृषि स्नातक प्राविधिकको परीक्षा सञ्चालन गरेको थियो । केहीको परीक्षामा परिक्षार्थीले सन्तुष्टि जनाएका थिए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.