काठमाडौ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । स्वाब परीक्षणको रिपोर्ट आएपछि बुधबार कुशुमलाई कोरोना संक्रमण पुष्टि भएको हो । सांसद कुसुमका अनुसार ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि जाँच गर्दा नतिजा कोरोना पोजेटिभ आएको हो । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिएकी छन् । यसअघि प्रदेश १ का न्यायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण देखिएको थियो । परिवारसहित उनी आइसोलेसनमा छन् । सांसद श्रेष्ठले सामाजिक सन्जालमा स्टाटस लेख्दै एक सातादेखि आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई सावधान रहन र आवश्यक परे स्वास्थ्य परीक्षण गराउन आह्वान गरेकी छन् ।








