• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रुकुमपश्चिमका बादी बस्तीमा दशैँको कुनै छैन रौनक

  •   मङ्गलबार, असोज १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुर्खेत । माछा मारेर , दैनिक अर्काको मजदुरी गरेर जीवन निवाह गर्ने रुकुमपश्चिमका बादी बस्तीमा दशैँको कुनै रौनक छैन । दशैँमा नयाँ लुगा लगाउने, मीठो खाने भनिए पनि बादी बस्तीका बालबालिका नयाँ नाना र मीठा खानाबाट वञ्चित छन् । चौरजहारी नगरपालिका–१ को बादी समुदायका ६४ वर्षीय पशुपति बादीले भने, “कसैले पत्याएर ऋण दिए त एक छाक मासुभात खाने हो । हाम्रा दिन यस्तै हुन्, दशैँले झन् ऋण थप्छ, दशा बन्छ हामीलाई ।” घरमा साँझ बिहानको छाक टार्न धौ–धौ परिरहेको बेला खर्चिलो र भड्किलो बन्दै गएका चाडपर्वले गरिब परिवारलाई थप पीडा हुने गरेको छ ।

    पशुपति बादीले भने, “घरमा चामलको गेडो छैन । यसै त गरिबका दिन, चाडबाडले गर्दा ऋणमाथि ऋण ।” २२ घरपरिवार रहेका यस बस्तीको जनसङ्ख्या ९६ रहेको छ । न कसैको जागिर, न उच्चशिक्षा । न गतिलो घरबास, न त जग्गा जमिन । माछा मार्ने, मादल र सुल्पा बनाउने पेसा अङ्गालेका बादीको पेसा लोप हुँदै गएपछि झन् परिवार पाल्न सङ्कट आइलागेको छ । ६६ वर्र्षीय बिसे बादीका अनुसार पहिला पहिला चाडबाडमा मादल बनाउने, मेलापर्वमा सुल्पा बनाएर बेच्ने र प्रायः खोला र नदीमा माछा मारेर खर्च धान्ने गरिन्थ्यो तर अहिले मादल, सुल्पा बिक्री हुन छोडेकाले पेसा नै सङ्कटमा परेको उहाँको बुझाइ छ ।

    खलोमुठी गरेर पेट पाल्ने गरेका बादी परिवारमा रोजगारीको समस्या बल्झँदै गएको छ । विष्ट (साहु)ले दिएको अन्नमुठीले सधैँभरि नपुग्ने भएकाले बादी परिवारमा सरकारले रोजगारीको व्यवस्था गरिदिए ठूलो कल्याण हुने बिसे बादीले बताए । आफू, श्रीमती र छोराछोरीसहित १२ परिवारका १२ जना सदस्यको घरमूली रहेका भीमबहादुर बादीले चाडबाड आउँदा झन् समस्या हुने गरेको बताए ।उनले भने, “छोराछोरीले नयाँ नाना र चिची भन्दै दशैँ पर्खेका छन्, कहाँबाट ल्याएर मन बुझाउनु ।

    चाडबाड आउँदा गरिबीको पीडा नराम्ररी सहनुपर्छ ।” पछिल्लो पटक बादी समुदायका पुरुष बजारमा मालवाहक गाडीका सामान लोड अनलोड गर्ने गर्दछन् । दिनभर सामान बोेकेर आएको मजदुरीले दाल, चामल, नुन, तेलको जोहो गरेर छाक टार्ने गरेका छन् । दशैँको बेला बजारमा त्यो काम पनि कम भएपछि उनीहरूलाई दैनिक छाक टार्न मुस्किल हुने गरेको छ । बादी परिवारको मुख्य समस्या भनेकै खाना र लगाउने नै हो । चाडपर्वकै लागि भनेर परिवारमा नयाँ लुगा किनेको याद नभएको भीमबहादुरले बताए। बढ्दै गएको परिवार सङ्ख्या, बेरोजगारी र महँगीले थप मारमा पारेको उहाँले उल्लेख गरे।

    सरकारले जनता आवास कार्यक्रमअन्तर्गत जमिन भएका केही परिवारको घर बनाइदिएको छ । बासको अभावमा सदियौँदेखि फुसको छानोमुनि बस्दै आएका उनीहरूलाई घर हुँदा ठूलो राहत मिलेको छ तर कतिपयको नाममा जग्गा नहुँदा अवस्था उस्तै छ । जनता आवास कार्यक्रमअन्तर्गत बनेका घरहरूमा शौचालय छैन । शौचालय बनाउने जमिन नहुँदा अझै पनि खुला ठाउँमा दिसा–पिसाब गर्न बाध्य छन्, बादी समुदाय । चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले स्थानीय सरकार गरिब र विपन्नमैत्री नै रहेको दाबी गरे ।

    प्रमुख बादीले भने, “उहाँहरूको स्वास्थ्य बीमा निःशुल्क गरेका छौँ । कक्षा १० सम्मको शिक्षा निःशुल्क, खानेपानी शुल्कमा पनि गरिब तथा विपन्न परिवारलाई छुटको व्यवस्था गरेका छौँ ।” ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको मिटर जडानदेखि पाँच युनिटसम्मको पानीको महसुल नगरपालिकाले तिरिदिने गरेको छ ।

    जनता आवास कार्यक्रमबाट सबैको घर बनेता पनि बुहारी भिर्यायाएर अलग हुने छोराहरूको कारण सबैलाई घरबास नपुगेको उनले बताए । गरिब र विपन्नहरूलाई उत्पादन तथा रोजगारीमा जोड्नका लागि सामूहिक तथा व्यक्तिगत खेती तथा व्यवसायमा अनुदान दिने नीति ल्याएको उनले जनाए। केही गर्छु भन्नेहरूका लागि स्थानीय सरकार निरन्तर सहयोग गर्ने उनले उल्लेख जानकारी दिए।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.