काठमाडौँ । कर्णाली प्रदेशमा आज थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत प्रदेश अस्पतालरपशुपन्छि रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा गरिएको परिक्षणमा सुर्खेतका १८ जना, दैलेखका ४ जना र सल्यानका १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३४ पुगेको छ । जसमा एक हजार ८ सय ९४ जना उपचारपछि निको भैसकेका छन् । यस्तै, प्रदेशमा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।








