बुटवल । दसैंको टीका लगाउन मामाघर जाँदै गरेकी एक युवतीको कारको ठक्करबाट मृत्यु भएको छ । रुपन्देहीमा कारले स्कुटरलाई ठक्कर दिँदा तिलोत्तमा– ३ सिर्जनानगरकी २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिएको हो ।
कारको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि भीम अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ की वडा सचिव हुन् ।








