चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार साँझ ९ बजेदेखि भोलि बिहान ५ बजेसम्म हिडडुल गर्न रोक लगाएको छ । बुधबार एक सूचना जारी गर्दै संक्रमण समुदाय स्तरमा समेत फैलिएको हुन सक्ने भएकोले सबैमा सतर्कता अपनाउन सो रोक लगाइएको उल्लेख गरिएको छ । सूचनामा जिल्ला प्रशासन कार्यालय चितवनको मंगलबारको सुचना बमोजिम आजदेखि लागू हुने गरी प्रत्येक दिन साँझ ९ः०० बजे देखि भोलि बिहान ५ः०० बजे सम्म हिडडुल नगर्न भनिएको छ । लामो दूरीका सवारी साधन बाहेक जिल्ला भित्र गुड्ने सवारी आवागमन र मानिसहरुको पैदल आवागमनमा रोक लगाइएको सूचनामा उल्लेख छ । निर्देशनलाई उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ ।








