• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आइएसएमटी साँगीतिक साँझ सम्पन्न : बरिष्ठ गायकहरु सम्मानित

  •   आइतबार, असोज २३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले भरतपुरमा आइएसएमटी साँगीतिक साँझ कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरमा रहेको धावन पाटी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको सहभागिता रहेको थियो । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले साँगीतिक साँझमा चर्चित बरिष्ठ सदावहार गायक आनन्द कार्की तथा चर्चित गायिका देविका वन्दनालाई सम्मान गरिएको बताउनुभयो । कार्यक्रममा बरिष्ठ संचारउद्यमी नवीनराज पौडेल सम्मान गरिएको थियो ।

    पौडेल दुई दशकदेखि संचार क्षेत्रमा आबद्ध हुनुहुन्छ । उहाँले चितवनमा रहेर भरतपुर एफ.एम, भरतपुर पोष्ट, नवीनखबर डट कम , भरतपुर अनलाईन टि.भी लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आउनु भएको छ । नेपाली साँगीतिक क्षेत्रमा अतुलनीय योगदान दिए बापत चर्चित बरिष्ठ सदावहार गायक कार्की तथा गायिका वन्दनालाई सम्मान गरिएको थियो । साँगीतिक क्षेत्रलाई प्रर्वद्धन गर्ने र नेपालीहरुको महान पर्वको अवसर पारेर यो बिशेष कार्यक्रम आयोजना गरिएको महाप्रबन्धक कार्कीले बताउनुभयो । गायक कार्की नेपाली सांगीतिक धरातलमा बिगत लामो समयदेखि आफूलाई अग्रस्थानमा राख्दै आएका कार्की गायनबाट अन्तरराष्ट्रिय क्षेत्रमा समेत देशलाई चिनाउन सक्रिय छन् ।

    उहाँले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी छ हजार भन्दा बढी गीत गाइसकेका छन् । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ । त्यस्तै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायिका देविका वन्दना नेपाली गीत सँगै नेवारी, हिन्दी, मराठी लगायतका विभिन्न भाषाका हजारौं गीतलाई सुमधुर स्वर दिनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका मन्त्री घनश्याम दाहाल ’अविनाश’ रहनुभएको थियो ।

    बिशेष अतिथि बरिष्ठ फिजिसियन तथा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी रहनुभएको थियो । प्याब्सनको बागमती प्रदेश सदस्य इन्दिरा पन्त कार्की बिशिष्ठ अतिथी रहनुभएको थियो । लक्की मिडिया हाउस चितवनका निर्देशक हेमन्त केसी ’हरि’ कार्यक्रम संयोजक रहेको कार्यक्रम चर्चित संचारकर्मी दिनेश श्रेष्ठ ’पासा’ले गर्नुभएको थियो । आम श्रोता,दर्शक,विज्ञापनदाता र शुभेच्छुकको प्रेरणाले नै आफूले साँगीतिक तथा सम्मान कार्यक्रम गर्न सफल भएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले बताउनुभयो ।

    मोफसलमा यस्ता रचनात्मक तथा प्रर्वद्धनात्मक कार्यक्रम गर्न चुनौति रहेको भन्दै कार्कीले आगामी दिनमा पनि मिडिया हाउसले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनुभयो । समाजमा लुकेका हस्ती तथा हस्तीहरुलाई सम्मान गर्नुपर्ने दायित्व मिडिया हाउसको पनि रहेकोले मिडिया हाउसले त्यस्ता व्यक्तित्वलाई सम्मान गरि हौसला प्रेरणा र उर्जा दिएको उहाँको भनाइ छ । स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ ।

    नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.