• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

कास्कीमा ९ पदका लागि १०८ को उम्मेद्‌वारी, सबै क्षेत्रमा बागी उम्मेद्‌वार

  •   सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । कास्कीमा ९ पदका लागि १ सय ८ जनाको उम्मेद्‌वारी परेको छ । प्रतिनिधिसभातर्फ ५३ जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा का लागि ५५ जना उम्मेद्‌वार भएका छन् ।

    प्रतिनिधिसभामा १८ जना स्वतन्त्र छन् भने बाँकी विभिन्न दलका उम्मेद्वार छन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा १० जना महिलाले मात्रै मनोनयन दर्ता गरेका छन् । प्रदेशसभा तर्फ १३ स्वतन्त्र उम्मेद्वार छन् भने १० जना मात्रै महिला छन् । तीनवटै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि प्रमुख पार्टीलाई बागी उम्मेद्‌वारी परेको छ ।

    कास्की १ मा गठबन्धन उम्मेद्वार किशोरदत्त बरालविरुद्ध एकीकृत समाजवादीका घननाथ सापकोटाले उम्मेद्वारी दिएका छन् । कास्की २ मा पनि गठबन्धन उम्मेद्वार श्रीनाथ बरालविरुद्ध कांग्रेस नेता महादेव गुरुङले उम्मेद्वारी दिए ।

    कास्की ३ मा रामजी बरालका विरुद्ध माओवादीकै अनिता भुर्तेल चुनौती बनेकी छिन् भने एमाले उम्मेद्वार दामोदर बैरागीलाई पनि जगन्नाथ बास्तोलाले बागी चुनौती दिएका छन् ।

    क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि ४ जना स्वतन्त्र र १३ राजनीतिक दलसहित १७ जनाले मनोनयन दर्ता गराएका छन् । एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ र कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालबीच कडा प्रतिस्पर्धा हुनेछ ।

    बराल गठबन्धनको साझा उम्मेद्वार हुन् । प्रदेशसभा (क) का लागि गठबन्धनबाट माओवादीका दीपक कोइराला र एमालेका खगराज अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभा (ख) मा कांग्रेसका दीपक गुरुङ र एमालेका बेदबहादुर गुरुङ आमनेसामने भएका छन् ।

    क्षेत्र नम्बर २ तर्फ प्रतिनिधिसभामा एमालेकी विद्या भट्टराई र गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालबीच प्रतिस्पर्धा हुनेछ । २ (क) मा माओवादीका विश्वप्रकाश लामिछाने र एमालेका भीम कार्की आमनेसामने भएका छन् भने २ (ख) मा बहालवाला २ सांसदबीच कडा टक्कर हुने छ । कांग्रेसले मन्त्री विन्दुकुमार थापालाई टिकट दिएको छ भने एमालेले मीना गुरुङलाई अघि सारेको छ ।

    क्षेत्र नम्बर ३ मा गठबन्धनबाट माओवादीका रामजी बराल र एमालेबाट दामोदर बैरागी प्रतिस्पर्धामा छन् । ३ (क) बाट माओवादीका दुर्गादत्त भण्डारी र एमालेका गणेशमान गुरुङबीच बढी प्रतिस्पर्धा हुनेछ । ३ (ख) बाट कांग्रेसका प्रकाश बराल र एमालेका राजीव पहारीबीचमा प्रतिस्पर्धा हुनेछ । क्षेत्र नम्बर १ मा १७, २ मा १८ र ३ मा पनि १८ जनाकै उम्मेद्वारी छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.