• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सुदूरपश्चिममा पनि कांग्रेस-एमालेभित्र चर्कियाे असन्तुष्टि

  •   मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडाैं । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारको टिकट वितरणलाई लिएर सुदूरपश्चिममा प्रमुख दलहरूभित्र असन्तुष्टि चर्किएको छ । उम्मेदवार चयनको असन्तुष्टिले धेरैजसो क्षेत्रमा सत्तारूढ गठबन्धन र एमालेभित्र बागी उम्मेदवारी परेको छ । कतिपय ठाउँमा गठबन्धनभित्रै सिट बाँडफाँडमा असहमति जनाउँदै बागी उम्मेदवारी परेको छ । पार्टीले मूल्यांकन नगरेको भन्दै बाजुरामा एमालेका केन्द्रीय सदस्य सहदेव बोगटीले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

    यस क्षेत्रमा एमालेले प्रदेश कमिटीका उपसचिव बलदेव रेग्मीलाई उम्मेदवार बनाएको छ । बझाङमा कांग्रेसका पूर्वजिल्ला सभापति हर्क जंगबहादुर सिंहले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जिल्लाको एउटा मात्रै संघीय निर्वाचन क्षेत्र एकीकृत समाजवादीलाई दिएकोमा असन्तुष्ट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सत्तारूढ गठबन्धनको केन्द्रमा भएको सहमतिअनुसार एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले उम्मेदवारी दिएका छन् ।

    त्यस्तै, अछाममा कांग्रेस नेता चन्द्रप्रकाश ढुंगानाले क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेस नेता क्षितिज भण्डारीले विद्रोह गर्दै कैलाली ५ (ख)बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा कांग्रेसकै प्रकाश देउवा उम्मेदवार छन् । पार्टीभित्र टिकट वितरणमा अन्याय गरिएको भन्दै यही क्षेत्रको प्रदेश सभा (क)बाट माओवादी नेता रमेश बस्नेतले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै, कांग्रेसको बलियो पकड रहेको डोटीमा एकीकृत समाजवादीलाई दिएको विरोधमा कांग्रेस नेता नरेन्द्र खड्काले उम्मेदवारी दिएका छन् ।

    एउटा मात्रै क्षेत्र रहेको डोटीमा गठबन्धनबाट एकीकृत समाजवादीका प्रेम आले चुनाव लड्दै छन् । कैलाली ३ मा कांग्रेसका पूर्वजिल्ला सभापति गोविन्दराज जोशीले गठबन्धनविरुद्ध प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् । ३ मै माओवादीका छोटेलाल चौधरी र खगेन्द्र हमालले पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गएका छन् । कैलाली ५ मा पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बनेका छन् । ०७० मा भएको उपनिर्वाचनमा यही क्षेत्रबाट उनी कांग्रेसबाट निर्वाचित भएका थिए ।

    ०७४ को निर्वाचनमा यस क्षेत्रबाट लडेकी कांंग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा कांग्रेसले उनलाई पार्टीको साधारण सदस्यबाट समेत हटाएको थियो । टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै कतिपय नेता, कार्यकर्ताले पार्टी त्यागेका छन् । अन्तिम समयमा आफ्नो टिकट खोसिएको भन्दै एमालेका प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज बास्तोलाले सोमबार पार्टी त्याग गरेको घोषणा गरेका छन् । टिकट वितरणमा इमानदारलाई पाखा लगाइएको भन्दै एमाले प्रदेश कमिटी सदस्य मानबहादुर रावलले पनि यसअघि पार्टी त्यागको घोषणा गरेका छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.