• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सिराहामा स्वतन्त्र उम्मेदवारको वर्चस्व, जम्मा २२४ जनाको उम्मेदवारीमा ११९ जना स्वतन्त्र

  •   मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिरहा । यहीँ मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिराहामा पार्टीभन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व रहेको छ । चारवटा संघीय तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट जम्मा २२४ जनाको उम्मेदवारी मध्ये ११९ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    यसले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जितेको र उनीहरूले गरेको काममा प्रभावित भएर यो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार बढेको आकलन गरिएको छ । तर, स्वतन्त्र उम्मेदवारहरू पार्टीहरूले जनताको भावनामाथि खेलबाड गरेकाले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको दाबी गर्छन् ।

    सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका लेखक तथा पत्रकार रामरिझन यादवले दलहरू भ्रष्टाचारमा लिप्त भएकाले त्यही दलमा बसेर उनीहरूको विरोध गर्न नसकिने भएकाले आफू स्वतन्त्र भएको बताए । उनले भने, ‘एउटा कालखण्ड पार्टी राजनीतिमा बिताएँ, त्यही दलहरू अहिले भ्रष्टाचारमा लिप्तछन्, दलभित्रै बसेर भ्रष्टाचारीको विरोध गर्न सम्भव नभएकाले म स्वतन्त्र भएँ ।’

    सिरहा क्षेत्र नम्बर २ कै अर्का स्वतन्त्र उम्मेदवार पत्रकार महासंघ केन्द्रीय सदस्य देव कुमार यादवले राजनीति दलबाट निर्वाचित भएका नेताहरूले जनताको भावना विपरीत दलिए दबाबमा परि जनताको हितमा काम नगरेकोेले  आफले स्वतन्त्र उम्मेदवारी दिएको सुनाए ।,उनले भने ‘दलिए जनप्रतिनिधिहरूले जनताको आधारभूत आवश्यकतालाई पनि पुरा गर्न नसकेकोले स्वतन्त्र उम्मेदवारी दिएको छु,। आफ्नो चुनावी एजेन्डा नै जनताको आधारभूत आवश्यकता शिक्षा,कृषि,स्वास्थ्य,र सरफाइमा राखेकोले दलिए प्रवृत्ति हैन स्वतन्त्रलाई रोजन मतदाहरूलाई आग्रह समेत गरे,।

    दलितय व्यवस्थामा संस्थागत भ्रष्टाचार बढेको आरोप लगाउँदै भ्रष्टाचार र कुशासनको विरुद्ध आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।
    प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्रका लागि जम्मा ८५ जनाले उम्मेदवारी दिएका छन् । जस मध्ये ४८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभाको ८ निर्वाचन क्षेत्रका लागि ११९ जनाले उम्मेदवारी दिएका छन्, भने ७१ जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतका कार्यालय सिराहाले जनाएको छ ।

    प्रतिनिधि र प्रदेशसभा गरी १२ क्षेत्रमा पार्टीकोभन्दा बढीले उम्मेदवारी दिएका छन्। करिब ५४ प्रतिशतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    प्रतिनिधि सभाको लागि सिरहा क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारी परेका छन्। जसमध्ये १० जना स्वतन्त्र र १३ जना पार्टीका उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा जम्मा २३ जनाको उम्मेदवारी पर्दा १५ जना स्वतन्त्र र ८ जनामात्र पार्टीबाट उम्मेदवारी परेका छन् ।

    त्यसैगरी, सिरहा ३ बाट जम्मा २२ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारमध्ये १४ जनाले स्वतन्त्र र पार्टीका ८ उम्मेदवार छन् । क्षेत्र नम्बर ४ बाट जम्मा १९ जना उम्मेदवारी दिएका छन्। जसमध्ये स्वतन्त्र ९ र दलका १० जनाले उम्मेदवारी दिएका छन् ।

    प्रदेश सभा सदस्यको लागि क्षेत्र नं. १ को ‘क’ बाट जम्मा १६ जना उम्मेदवारी पर्दा ६ जना स्वतन्त्र र १० पार्टीका उम्मेदवार छन् । ‘ख’ बाट जम्मा १४ जना उम्मेदवार जसमध्ये ६ जना स्वतन्त्र र ८ पार्टीका छन् ।

    क्षेत्र नं. २ को ‘क’ बाट जम्मा १५ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये ८ जना स्वतन्त्र र ७ पार्टीका उम्मेदवार छन्। ‘ख’ बाट जम्मा १६ जनाको उम्मेदवारी पर्दा ९ जना स्वतन्त्र र ७ पार्टीका उम्मेदवार छन् ।

    क्षेत्र नं. ३ बाट प्रदेश सभा सदस्यको ‘क’ बाट जम्मा १८ जनाले उम्मेदवारी दिँदा १३ जना स्वतन्त्र र ५ पार्टीका उम्मेदवारी परेको छ। ‘ख’ बाट जम्मा १४ जना उम्मेदवारी परेको छ। जसमध्ये ९ जना स्वतन्त्र र ५ पार्टीका छन् ।

    प्रदेश सभा सदस्यको लागि क्षेत्र नं. ४ का ‘क’ बाट जम्मा १८ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये १० जना स्वतन्त्र र ८ पार्टीका छन् । ‘ख’ मा जम्मा १८ जना उम्मेदवारी परेको छ। जसमध्ये ११ जना स्वतन्त्र र ७ पार्टीका छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.