• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोरोना महामारीका कारण विश्वकप छनोट खेल स्थगित

  •   बिहिबार, साउन २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले सन् २०२१ सम्मका लागि फिफा विश्वपकप २०२२ तथा एसियन कप २०२३ छनोट चरणका खेल स्थगित गरेको छ।
    एएफसीले आगामी अक्टोबर र नोभेम्बरमा छनोट चरणका खेल आयोजना गर्न मिति घोषणा गरेको थियो। तर, धेरै राष्ट्रले कोरोनाको जोखिम बढेको अवस्थामा खेल आयोजना गर्न असमर्थ जनाएपछि एएफसीले छनोट चरणका खेल स्थगित गरेको हो।
    कतिपय राष्ट्रमा हवाई उडान अनिश्चित कालसम्म स्थगित गरिएकाले पनि खेल आयोजना गर्न सम्भव नभएको हो। चाटर्ड विमानबाट पनि टिम ओसारपसार गर्नसक्ने भए पनि स्वास्थ्यका दृष्टिकोणले खेल गर्न नसकिने एएफसीले जनाएको छ।
    नेपालमै पनि हवाई उडान स्थगित नै छ। साथै, नेपालमा दिनानुदिन कोरोना संक्रमणको संख्या बढ्दै गएको छ। तापनि, अखिल नेपाल फुटबल संघ (एन्फा) ले भाद्र १ गतेदेखि विश्वकप छनोट चरणका खेल आयोजना गर्न नेपाली टोलीलाई प्रशिक्षण दिने निर्णय लिएको छ।
    दशरथ रंगशालामा गर्ने भनिएका खेलहरू अब आगामी वर्षसम्मका लागि स्थगित गरिएका छन्। दशरथ रगंशालाको काम पनि नियमित रूपमा हुँदै आएको छ। नेपाली टोलीका खेलाडीको अघिल्ला दिनमा कोरोना परीक्षण भएको र स्वाब संकलन पनि गरिएको थियो।
    यो निर्णयले खेलाडीहरूका लागि फुटबल खेल्न अझै १ वर्ष कुर्नुपर्ने भएको छ । नेपालले कतारमा हुने विश्वकप २०२२ छनोटअन्तर्गत ५ खेल खेलिसकेको छ। जसमा नेपालले एक खेलमा सानदार जित हात पारेको छ। चाइनिज ताइपेईलाई उसकै धर्तीमा हराएको थियो। अन्य खेलमा भने नेपाल पराजित भएको छ।
    नेपालले घरेलु मैदानमा खेल्न बाँकी तीन खेल अस्टे«लिया, चाइनिज ताइपेई र जोर्डनविरुद्धका छन्। एउटा घरेलु मैदानमा खेल्नुपर्ने खेल भने भुटानमा खेलिएको थियो। नेपालमा विश्वकपको मापदण्डअनुसार वातावरण नभएको भन्दै कुवेतविरुद्धको खेल त्यहाँ खेल्नुपरेको थियो। सो खेलमा नेपालले हार व्यहोरी सकेको छ।
    पाँच राष्ट्र सम्मिलित एसियातर्फको समँहमा नेपाल चौथो स्थानमा रहेको छ। सो समँहमा अस्ट्रेलिया ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनको समान १०–१० अंक रहेको छ। नेपालको ३ अंक छ भने चाइनिज ताइपेई अंकविहीन बनेको छ।
    सो समँहको शीर्ष स्थानमा रहने टोली आगामी २०२३ मा चीनमा हुने एसियन कपका लागि छनोट हुनेछ भने विश्वकपअन्तर्गत तेस्रो चरणका लागि छनोट हुनेछ। हालसम्म अस्टे«लिया नै छनोट हुने देखिएको छ।
    यसैगरी, समँहको दोस्रो हुने उत्कृष्ट चार टोली पनि विश्वकपको तेस्रो चरणका साथै एसियन कपमा अगाडि बढ्नेछन् भने तेस्रो स्थानसम्मका टोली एसियाली कपको छनोटको तेस्रो चरणमा पुग्नेछन्। समँहको उत्कृष्ट चौथो हुने टोली एसियाली कप छनोटको तेस्रो चरणमा पुग्दा बाँकी टोलीले भने उक्त छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ।

    खेलाडीको पीसीआर रिपोर्ट नेगेटिभ
    विश्वकप छनोट खेलाडीको सोमबार लिइएको कोभिड–१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ।
    जसमा रन्जित धिमाल, मिक्चेन तामाङ, विशाल राई, रविशंकर पासवान, दर्शन गुरुङ, बिमल राना, दीप कार्की, डिलेन लोप्टाङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीले स्वाब नमुना दिएका थिए। उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ। साथै, प्रशिक्षक किरण श्रेष्ठ, फिजियो आविष्कार पुडासैनीको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको एन्फाले जनाएको छ। अब मंगलबार स्वाब नमुना दिएका खेलाडीहरूको नतिजा आउन बाँकी छ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.