• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रदेश १ मा मुख्यमन्त्री बन्न कसरत सुरु, यी हुन दाबेदार

  •   शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    विराटनगर । नेपाली कांग्रेस प्रदेश १ का निवर्तमान संसदीय दलका नेता राजीव कोइराला सुनसरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । तर पार्टीले उनलाई संघको टिकट दिएन । प्रतिनिधिसभामा सिताराम मेहताले टिकट पाएपछि उनी सुनसरी क्षेत्र नम्बर २ (२) बाट पुनः प्रदेशसभा सदस्यको उम्मेदवार बने । प्रदेशसभाको पहिलो कार्यकालमा पनि मुख्यमन्त्रीको दाबेदार रहे पनि अवसर नपाएका कोइराला मुख्यमन्त्रीको आश्वासन पाएपछि प्रदेशमा उम्मेदवार बनेका हुन् । पार्टीको बहुमत आए आफू मुख्यमन्त्री बन्ने उनले बताए ।

    ‘पहिला चुनाव जितेर आउनुपर्याे, पार्टीले सरकार बनाउने अवस्था आयो भने मुख्यमन्त्रीको उम्मेदवार म हो,’ उनले भने, ‘पार्टीका नेताहरुले भनेर मात्रै भएन्, सरकार बनाउने अवस्था पनि बन्नपर्यो ।’ नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अमृत अर्याल मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । उनले दाबी गरेको क्षेत्र माओवादी केन्द्रले पाएपछि शिवकुमार मण्डल गठबन्धनबाट उम्मेदवार छन् । सुरुमा प्रदेशमा उठ्न नमानेका अर्याल सभापति शेरबहादुर देउवाले चुनाव जिते मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि मोरङ ५ को २ बाट उम्मेदवार बने । उनी मुख्यमन्त्रीको दाबेदार हुन् ।

    चुनावी प्रचारका क्रममा अभिव्यक्ती दिए हराउने डर उनलाई छ । ‘अहिले चुनावी अभियानमा छौं,’ उनले भने, ‘अहिले बोल्ने बेला भएको छैन ।’ डाक्टर शेखर कोइरालाका पक्षबाट राजिव र देउवा पक्षबाट अर्याल मुख्यमन्त्रीको मुख्य दाबेदार हुन् । विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुली पनि मुख्यमन्त्रीको दाबेदार हुन् । उनले खुलेर मुख्यमन्त्री बन्नका लागि भन्दै भोट मागिरहेका छन् । ‘महानगरको मेयर भइसकेको म मुख्मयमन्त्रीको स्वाभाविक दाबेदार हुँ,’ पराजुली भन्छन्, ‘पार्टीका नेताले मुख्यमन्त्री बनाउने भनेपछि प्रदेशमा आएँ ।’ आफूसँग स्थानीय सरकार चलाएको अनुभव भएका कारण प्रदेश सरकार पनि सहज रुपमा चलाउने उनले बताए ।

    मोरङ क्षेत्र नम्बर ४ को २ बााट उम्मेदवार बनेका पराजुली कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । सोही क्षेत्रमा एमालेबाट प्रदेशसभा सदस्यको उम्मेदवार जीवन घिमिरे पनि मुख्यमन्त्रीको दाबेदार हुन् । मोरङ ४ को १ मा कांग्रेसबाट उम्मेदवार बनेका गुरुराज घिमिरे पनि चुनाव जिते मुख्यमन्त्री बन्ने लाइनमा छन् । घिमिरे र पराजुली दुबै क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । तर गठबन्धनमा भागबण्डा गर्दा सो क्षेत्र माओवादीले पाएको छ । माओवादीले अमनलाल मोदीलाई उम्मेदवार बनाएको छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई पनि भोजपुरबाट प्रतिनिधिसभा सदस्यको दाबेदार थिए ।

    प्रतिनिधिसभा सदस्यको सिट माओवादी केन्द्रका सुदन किराँतीले पाएपछि उनी भोजपुरको १ बाट प्रदेशसभामा उठेका छन् । राईले ‘प्रदेश १ को मुख्यमन्त्रीमा निरन्तरताका लागि’ भन्दै मत मागिरहेका छन् । ‘राजेन्द्र राई मुख्यमन्त्रीको स्वाभाविक दाबेदार हुनुहुन्छ,’ मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार जीवन राईले भने,‘पार्टीले उहाँलाई नै मुख्यमन्त्रीको रुपमा अघि सार्छ ।’ माओवादी केन्द्रका नेता तथा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो पनि मुख्यमन्त्रीको दाबेदार हुन् । उनी मुख्यमन्त्री बन्नकै लागि पाँचथरको प्रदेशसभा २ बाट पुनः दोेहोरिएका छन् । माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले पार्टीबाट आङ्बो मुख्यमन्त्रीको दाबेदार भएको बताए ।

    चुनावी अभियानमा रहेका आङ्बोले भने मुख खोलेका छैनन् । उनी समय आएपछि बोल्ने बताउँछन् । माओवादी केन्द्रबाट प्रदेशमा उठेका १९ उम्मेदवार मध्ये उनी सिनियर नेता हुन् । निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने आशमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले मुख्यमन्त्रीको आश गरेका हुन् । प्रदेश १ का पूर्व दुई मुख्यमन्त्री शेरधन राई र भीम आचार्य प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि एमालेबाट प्रदेशमै दोहोरिएका दुई पूर्व मन्त्री मुख्यमन्त्रीको आकांक्षी छन् । झापा क्षेत्र नम्बर ५ को २ बाट उम्मेदवार बनेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की मुख्यमन्त्रीको प्रमुख दावेदार हुन् ।

    शेरधन राई नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । ‘पार्टीबाट औपचारिक निर्णय भएको छैन तर मुख्यमन्त्रीको स्वभाविक उम्मेदवार म हो,’ कार्की भन्छन्, ‘मतदातासँग मुख्यमन्त्रीका विषयमा खुलेर कुरा गरिरहेको छु ।’ मुख्यमन्त्रीको अर्काे दाबेदार जीवन घिमिरे १० बुँदे पक्षधर हुन् । घिमिरेलाई उम्मेदवार बन्नबाटै रोक्न नेकपा एमालेले जसपासँग गठबन्धन गर्दा उनको क्षेत्र मोरङ क्षेत्र नम्बर ४ को २ जसपालाई दिने सहमति गरेको थियो । तर मनोनयन दर्ताको दिन दिउँसो पार्टीबाट टिकट पाए । चुनावी अभियानमा रहेका उनले आफूलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरिरहेका छन् ।

    ‘अहिले त चुनाव जित्ने प्रमुख विषय हो,’ उनले भने, ‘भोलि प्रक्रियामा गएपछि दाबी रहन्छ ।’ उनी शेरधन राई नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि मन्त्रीबाट राजीनामा दिएका उनी पार्टी विभाजन हुँदा एमालेमा रहे । २०७४ सालको निर्वाचनपछि पार्टीको संसदीय दलको नेता छनोटको निर्वाचनमा उनी आफ्नो पक्षका नेता भीम आचार्यलाई छाडेर शेरधन राईको पक्षमा उभिएका थिए । अप्ठ्यारोमा सहयोग गरेको भन्दै राईले त्यसबेला घिमिरेलाई सामाजिक विकास मन्त्री बनाएका थिए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.