नवलपुर । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम झनै बढेको भन्दै तिजको मुखमा नवलपुर (पूर्वी नवलपरासी) बन्द गरीएको छ । चाडपर्व सुरु भएको बेला विस्तारै बजारमा चहलपहल बढेको थियो तर एक्कासी प्रशासनले नवलपुर जिल्ला नै लकडाउन गरेपछि व्यवसायिहरु समेत चिन्तित भएको छन् । बुवाको मुख हेर्नै दिन(कुशे औंसी), तिज लगायतका चाडपर्व नजिकिएका बेला नवलपुरवासी घर भित्रै बस्न बाध्य भएको छन्।
जिल्ला प्रशासन कार्यालयमा बिहिबार बसेको बैठकले विहीबार साउन २९ गतेदेखि भदौ ६ गतेसम्म जिल्लामा पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो । यसअघि जिल्लाभित्र ट्राभल हिस्ट्री भएकालाई मात्रै संक्रमण देखिएकोमा बुधबार ट्राभलहिस्ट्री नभएका सञ्चारकर्मी र बैंकका कर्मचारीलाई कोरोना परीक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएकाले जिल्लामा लकडाउन गर्नुपरेको जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०ले जनाएको छ । यस्तै, प्रशासनले बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म हिडडुल, आवतजावतमा पनि रोक लगाएको छ । जिल्लाभित्र सञ्चालित बैंक, बित्तीय संस्था एवम् सहकारीहरुले अधिकतम रुपमा विद्युतीय माध्यामबाट सेवा दिन जोड दिने तथा मानिसको भौतिक उपस्थितिमा दिइने सेवाहरु भदौ ६ गतेसम्म स्थगन गर्ने ब्यवस्था सम्बन्धित संस्थाको प्रमुखले मिलाउने जिल्ला प्रशासन कार्यालयद्वारा विहीबार प्रकाशित गरिएको सूचनामा उल्लेख छ । बुधबार कावासोतीका एक पत्रकार र प्रभु बैंकका एक कर्मचारीमा संक्रमण पुष्टी भएको थियो ।
तिजको मुखमा नवलपुर सुनसान
तिजको मुखमा नवलपुर सुनसान
- अ
- अ
- अ








