• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

शैक्षिक गुणस्तर वृद्धिका लागि प्रअ र विव्यस अध्यक्षले जनाए लिखित प्रतिबद्धता

  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामुदायिक विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षले शैक्षिक गुणस्तर वृद्धिका लागि लिखित प्रतिबद्धता जनाएका छन् । खस्किँदो शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयमा कार्यरत प्रअले १७ बुँदे र व्यवस्थापन समितिका अध्यक्षले १५ बुँदे प्रतिबद्धता जनाएका हुन् । नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रअ र व्यवस्थापन समितिका अध्यक्षका लागि असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म सञ्चालन गरेको विद्यालय शिक्षा सुधार सम्बन्धी अभिमुखीकरण कार्यक्रम समापनको अवसरमा मंगलबार शैक्षिक सुधार गर्ने प्रतिबद्धता जनाइएको हो ।

    मेयर तीर्थराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल र सामाजिक विकास समितिका अध्यक्ष दानबहादुर राईको समेत हस्ताक्षर रहेको प्रतिबद्धता पत्रमा सामुदायिक विद्यालयका प्रअले वार्षिक कार्ययोजना र शैक्षणिक योजनाको निर्माण र कार्यान्वयन गर्ने, नगर शिक्षा नियमावली २०७६ को नियम ५४ मा तोकिएका प्रअको काम, कर्तव्य र अधिकारको कार्यान्वयनमा सक्रियता जनाउने, ठिक १० बजेदेखि ४ बजेसम्म दैनिक विद्यालय सञ्चालन र तोकिएको समयसीमाभित्र नियमित पठन–पाठन गर्ने प्रतिबद्धता जनाएका छन् ।

    यस्तै, शिक्षकको अनुपस्थिति भएको समय र शिक्षकको अभाव भएका विद्यालयमा कक्षाका क्षमतावान् विद्यार्थीलाई वैकल्पिक शिक्षकको रूपमा शिक्षणको अवसर दिने, सबै शिक्षक र विद्यार्थीको अनिवार्य उपस्थितिमा विद्यार्थीको नेतृत्वमा बिहान प्राथनासभाको सञ्चालन गर्ने, अनुपस्थित भएका विद्यार्थीको अभिभावकसँग कक्षा शिक्षकबाट सम्पर्क र विद्यालय समुदाय सम्बन्ध सुधार गर्ने,  शिक्षण सिकाइमा विद्यार्थीको सक्रिय सहभागितामा वृद्धि गर्ने प्रतिबद्धता जनाइएको छ ।

    प्रअले विद्यालय परिसरको नियमित सरसफाइ र पुष्प बाटिका निर्माण गर्ने, विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघको सक्रियतामा वृद्धि गर्ने, छिमेकी विद्यालय, सम्बन्धित वडा, पालिका र शिक्षा विकास तथा समन्वय इकाईसँग समन्वय गर्ने, सहकार्य र साझेदारमा वृद्धि, जरुरी काम बाहेक विद्यालयमा शिक्षकको नियमित उपस्थितिको सुनिश्चितता गर्ने, शैक्षिक सामग्री निर्माण कार्यशाला सञ्चालन गरी शिक्षण सिकाइमा दैनिक प्रयोगका सामग्री बाहेकका शैक्षिक सामग्रीको प्रयोग गर्ने, विद्यालय स्थापना दिवसको दिन अभिभावकको सहभागितामा छात्रवृत्ति वितरण गर्ने, परीक्षाको नतिजा विश्लेषण गरी सोको निचोड अभिभावक समक्ष पेस गर्ने, आधारभूत तहमा निरन्तर विद्यार्थीको मूल्यांकनको प्रयोग गर्ने, अभिभावक शिक्षाको थालनी र निरन्तरता दिने प्रअले गरेको प्रतिबद्धता–पत्रमा उल्लेख छ ।

    यस्तै, विव्यस अध्यक्षले नगर शिक्षा नियमावलीमा उल्लेख भएका काम, कर्तव्य र अधिकारको कार्यान्वयन गर्ने, बालबालिकाहरू विद्यालय आउने जाने बाटोको मर्मत गर्ने, शौचालयको मर्मत सम्भार र सरसफाइ गर्ने, शुद्ध पिउने पानीको प्रबन्ध गर्ने, भौतिक पूर्वाधार मर्मतसम्भार गर्ने प्रतिबद्धता जनाएका छन् ।

    शिक्षक र विद्यार्थीको नियमित उपस्थितिका लागि सहजीकरण गर्ने, विद्यालयमा नियमित पठन–पाठनको व्यवस्था गर्ने, अतिरिक्त र सहकार्यकलाप सञ्चालनमा सहजीकरण गर्ने, विव्यसका पदाधिकारीले आलोपालो गरी विद्यालयमा नियमित उपस्थिति जनाउने भनिएको छ ।

    यस्तै, विव्यस अध्यक्षले विद्यालयका कार्यकलापमा अभिभावकको सक्रियतामा वृद्धि गर्ने, फूलबारी र करेसाबारी निर्माणमा विद्यालयलाई सहयोग गर्ने, विद्यालय परिसर र कक्षा कोठाको सरसफाइ गर्ने, विद्यार्थी, शिक्षक र अभिभावकको प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.