• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बर्दिबासमा कार्यकारीको दादागिरी, नगरप्रहरी लगाएर क्वाटरबाट कर्मचारी निकालेकाे आराेप

  •   बुधबार, कार्तिक ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । सोमबार बेलुका बर्दिबास नगरपालिकाका कृषि साखाका कृषि अधिकृत विष्णुदेव साहले आत्तिदै नगरका प्रवक्ता विजय महतोलाई फोन गरे । तीन वर्षदेखि बस्दै आएको कृषि कार्यालयस्थित निवासमा नगरका कार्यकारी अधिकृत धर्मानन्द जोशीले एका एक नगर प्रहरी लगाएर क्वाटरमा ताला लगाइदिएको उनकाे गुनासो थियो ।

    प्रवक्ता महतो अधिकृत साहको गुनासो सुनिसकेपछि कार्यकारी भएको ठाउँमा पुगे । एक रात छाडिदिनुस् भोलि छलफल गरौंलाभन्दा पनि कार्यकारी जोशीले अस्वीकार गरेको प्रवक्ता महतोको आराेप छ ।

    नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले भने साहलाई प्रक्रियाअनुसार नै क्वाटरबाट हटाएकाे बताए । विष्णुदेव साहकी श्रीमती सुनितादेवी सुडी कार्याकारीले आफूहरूमाथि ज्यादति भएकाे र न्याय दिन आग्रह गरिरहेकी छिन् ।

    के भएको थियो ?

    २५ असोजमा विष्णुदेवलाई कार्यकारी अधिकृत जोशीले बोलाएका थिए । साह नगरपालिकास्थित जाेशीकाे चेम्बरमा पुग्दा उपप्रमुख तारादेवी र उनका स्वकीय श्रीमान त्यही थिए । वष्णुदेवका अनुसार कार्यकारीले नगरको लागि मल आएको र उक्त मल बिक्रेता सहकारीहरूलाई खबर गरेर नविकरण गर्न निर्देशन दिए ।

    साह तुरुन्त आफ्नो कार्यालयमा फर्किए र बिक्रेता सहकारीहरूलाई निवेदन ल्याउन अनुरोध गरे । दिनको करिब २ बजे कार्यकारीको तोक लगाएका केही निवेदन आए । त्यसमध्ये पशुपति जन उपभोक्ता सहकारी र लालीगुँरास जनउपभोक्ता सहकारीले तोक लगाएको निवेदनलाई साहले हेरेर नवीकरण गरिदिए ।

    त्यसपछि कार्यकारी जोशीले फोन गरे र क-कसले नवीकरण गराए भन्ने जिज्ञासा राखे । साहले नवीकरण गरिसकेकाहरूकाे विवरण दिदा कार्यकारी जोशी निक्कै आक्रोशित भए ।

    विष्णुदेवका अनुसार कार्यकारीले गालीमात्र गरेनन् अपशब्द नै बोले । नवीकरण गरेका दुई सहकारीमध्ये पशुपति जनउपभोक्ता सहकारीले पहिला नगरविरुद्ध उच्च अदालतमा मुद्दा  दायर गरेकाे थियाे । पशुपतिलाई बिक्रेताबाट नगरले हटाएपछि अदालत गएकाे र खारेज नगर्न अन्तरिम आदेश लिएर आएकाे थियो ।

    नगरविरुद्ध मुद्दा  हाल्ने सहकारीलाई किन नवीकरण गरेकाे भन्दै कार्याकारीले गाली र अपशब्द बोलेको साहको भनाइ छ । यही कारण क्वाटरबाट निकालेको साहको दाबी छ ।

    निरकुंश बन्दै नगरपालिका 

    बर्दिबास नगरपालिका निरकुंश बन्दै गएको सर्वसाधारणकाे आरोप छ । पूर्व वडाध्यक्ष भरत हमाल नगरप्रमुख र कार्यकारीको काम गर्ने सैली राम्रो नभएको बताउँछन् । `यदि कर्मचारीले गल्ती गरे विभागीय कारवाही र सरुवा गर्न सकिने भए पनि बदला लिने नाममा धरपकड गर्नु गलत हो ।´ उने भने ।

    कार्याकारी धर्मान्द जोशीले कर्मचारीमाथि तानाशाहकाे जस्तो गरेकाे गुनासो बढेको छ । उनी यसअघि भंगाहा नगरपालिकामा थिए । कार्यकारी जोशीको शैलीकै कारण त्यहाँ कर्मचारी र जनप्रतिनिधिबाट असहयोग भएपछि उनी बर्दिबास आएका थिए ।

    उनकाे कार्यशैली कै कारण पुर्व नगरप्रमुख विदुर कार्कीले कार्यालयमा हाजिरी नै गराएका थिएनन् । पछि प्रल्हाद क्षेत्री निर्वाचित भएपछि  पुन: आएका हुन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.