चितवन । राईट ट्युन इन्ट्रटेन्टमेन्टले आगनीमा छमछमी नामक तिहारको गित वजारमा ल्याएको छ । आज उसले आफ्नो युटुभ मार्फत गितको म्युजिक भिडियो सार्बजनिक गरेको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगरमा रहेको लेक ट्वान्टि थाउजेन्टमा सुटिङ् गरिएको भिडियो सहित तिहारको गितसार्बजनिक गरिएको हो । जसमा पुर्वेली भाका समेटिएको छ । रेश्मा सुनारको श्वर तथा पुस्कर सुनारको संगीतमा निर्माण गरिएको सो गितमा कलाकार सिता गुरुङ र चिनकाजी लामिछानेको अभिनय रहेको छ ।
पूर्बेली मारुनी भाकाको संरक्षणका लागि यो गितले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गितका निर्देशक सुदन गैरेले जानकारी दिनुभयो । गैरेका अनुसार तिहारको समयमा पूर्बेली गितमा रमाउन चाहनेहरुका लागि यो गित उपयोगी बन्ने छ ।








