• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनमा नमुना मतदान, सिडिओदेखि मुख्य निर्वाचन अधिकृतसम्मले गरे मतदान

  •   बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नमुना मतदान गरिएको छ । जिल्ला निर्बाचन कार्यालय चितवनमा नमुना मतदान गरिएको हो । निर्वाचनमा प्रयोग हुने निर्वाचन चिन्ह बाहेकका चिन्ह प्रयोग गरि छापिएको नमुना मत पत्रमा मतदान गरिएको हो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले संयुक्त रुपमा मतदान गरेर नमुना मतदानको शुभारम्भ गर्नु भएको थियो ।

    पहिलो हुने निर्वाचन प्रकृया अन्र्तगत प्रतिनिधि सभा र प्रदेश सभा एबं समानुपातीक तर्फको मत पत्रमा मतदान गरिएको हो । मतदान पछि प्रतिकृया दिदै मुख्य निर्वाचन अधिकृत थापाले बास्तबिक मतदानका लागि समय कति लाग्छ र जटिलता कति हुन्छ भन्ने मापन गर्नका लागि गरिने बताउनुभयो । प्रत्यक्ष दर्शिहरुलाई सिकाउनका लागि समेत नमुना मतदान गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “मतपत्र सानो भएकाले असहज छैन ।

    तीन मिनेट ३० सेकेण्डमा मतदान सकेको छु ।” स्थानीय तहको निर्वाचन भन्दा अहिलेको निर्बाचन सहज रहेको उहाँको भनाई थियो । व्यवस्थापनमा लाग्ने कर्मचारी चनाखो हुन सकेमा खासै समस्या नआउने उहाँले बताउनुभयो । यसपालि जति उम्मेदवार त्यती चिन्ह भएको मतपत्र आउने भएकाले बदरहुने समस्या न्यून रहने थापाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले समानुपातीक मपत्र ठूलो हुने भएकाले केही असहज भए पनि प्रत्यक्ष तर्फ सानो मतपत्र हुने भएकाले सहज हुने बताउनुभयो ।

    स्थानीय तहको निर्वाचनमा एउटै मतपत्रमा सातवटा छाप लगाउनु पर्ने हुँदा मतदाता झुक्कीने भए पनि अहिले एउटा मत पत्रमा एउटा छाप लगाउँदा मतदातालाई सहज हुने उहाँको भनाई थियो । निर्वाचन आयोगले निर्वाचनको प्रशिक्षण प्रशिकलाई तयारीका लागि नमुना मतदान गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा अहिले ४ लाख ८ हजार ३४२ मतदाता रहेका छन् । जस मध्ये महिला मतदाताको संख्या पुरुषको भन्दा बढि रहेको छ । २ लाख ९ हजार ३०९ मतदाता महिला रहेका छन् भने पुरुष १ लाख ९९ हजार ३२ जना रहेको जिल्ला निर्बाचन कार्यालयका प्रमुख भिमशेन कार्कीले जानकारी दिनुभयो ।

    कार्कीका अनुसार १६२ मतदान स्थलमा ४६० केन्द्रबाट मतदान हुँदै छ । क्षेत्र नम्बर १ मा १ लाख ३९ हजा ८४५ मतदाता रहेका छन् । जहाँ ५६ मतदान स्थल र १५९ केन्द्रबाट मतदान हुँदै छ । क्षेत्र नम्बर २ मा रहेका १ लाख २४ हजार २१४ जना मतदाताले ४३ मतदान स्थलमा रहेका १३८ केन्द्रबाट मतदान गर्ने छन् । यस्ते चितवन क्षेत्र नम्बर ३ मा ६३ मतदान स्थलका १६३ मतदान केन्द्रबाट १ लाख ४४ हजार २८३ जना मतदाताले मतदान गर्ने कार्कीले बताउनुभयो । जिल्लामा एक जना तेस्रो लिङ्गी मतदाताले समेत मतदानमा सहभागीता जनाउने कार्यालयले जनाएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.