नवलपुर : नवलपुरको हुप्सेकोट गाउँपालिकामा बरामद गरेको ठुलो परिणामको हतियार शुक्रवार जिल्ला प्रहरी कार्यालयले सार्बजनिक गरेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दिपक रेग्मीले हुप्सेकोट गाउँपालिका वडा न २ बाट बरामद हतियार ठुलो मात्रामा रहेको भन्दै यो संख्यामा बरामद भएको हातहतियार अहिले सम्मकै सबै भन्दा बढि भएको बताए । स्थानीयले दश थान भन्दा बढि हतियार प्रहरीले बरामद गरेको सार्बजनिक गरे पछि जिल्ला प्रहरी कार्यालयाले पत्रकार सम्मेलनमा बरामद हतियारको बारेमा जानकारी गराएको हो । बरामद हतियारमा दुई थान भरुवा बन्दुक,एक थान अटोमेटिक अमेरिकन ९ एमएम को पेस्तोल,,तीन थान कठठा,एयर गन दुई थान ,बरामद भएको प्रहरी उपरीक्षक रेग्मीले बताए । प्रहरी उपरीक्षक रेग्मीका अनुसार प्रहरीले थ्रीनट थ्री राईफलको गोली एक थान,एस.एल.आरको गोली दुई थान,पिस्तोलको गोली पाँच थान,एम १६ को एक थान,। अन्य दुई थान गोली पनि बरामद भएको छ । खोका बन्दुकको दुई राउण्ड,पुरानो कठठा चार थान भरुवा बन्दुकको नाल दुई थान ,घोडा चाप सहित ६३ बर्षका तारा बहादुर बिकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । प्रहरीले घटनामा को को सल्गन छन् भनने बिषयमा थप अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँडले बताए ।
नवलपुरमा ठुलो सख्यामा हतियार बरामद
नवलपुरमा ठुलो सख्यामा हतियार बरामद
- अ
- अ
- अ








