• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बागमती प्रदेशमा मुख्यमन्त्री बन्न ६ जनाको दौड, यस्ता छन प्रतिस्पर्धी

  •   शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर । २०७४ मा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनपछि बनेको प्रदेश सरकारले जनअपेक्षा पुरा नगरेको भन्दै टिप्पणी भैरहेको बेला आगामी कार्यकालमा प्रदेशको मुख्यमन्त्री बन्ने दौड सुरु भएको छ । आसन्न प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित भई प्रदेशको मुख्यमन्त्री बन्ने अभिलाष सहित हाल ६ जना उम्मेदवाहरु मैदानमा छन् । प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्तासँगै बागमती प्रदेशमा भावी मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी एकातिर छ भने उम्मेदवार मध्ये केहीले खुलेरै आफ्नो मनोकाक्षा सार्वजनिक गरेका छन् ।

    प्रतिनिधि सभा सदस्यका उम्मेदवार गगन थापाले आफू नेपालको भावि प्रधानमन्त्री हुने भन्दै मैदानमा आएपछि बागमती प्रदेश सभा सदस्यमा उम्मेदवार भएकाहरुले पनि आफ्नो आकाक्षा बताउन थालेका हुन । प्रदेश सरकारको नेतृत्वमा सत्तारुढ गठबन्धनको तीन वटा दलसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू पनि प्रदेश सरकारको आगामी मुख्यमन्त्री बन्ने दाउसहित चुनावी मैदानमा होमिएका छन्। बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा ६ नेता देखिएका छन् ।

    नेपाली कांग्रेस, नेकपा समावादी र नेकपा एमालेबाट मात्रै २÷२ जान आकाक्षि रहेको छन् । हालको कार्यकालमा नै मुख्यमन्त्रीको भद्र समहति भएर पनि अवसर चुकाउनु परेका नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडका मुख्य प्रतिष्पर्धी हुन् । उनीसँगै नेपाली कांग्रेसका अर्का नेता आनन्दराम पराजुली पनि मुख्यमन्त्री बन्ने अभिलाषामा उम्मेरदवार बनेका छन् । पराजुली र बानियाँ कांग्रेसमा फरक धारका नेता हुन् । यसैगरी हाल बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहेका माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल पनि बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा छन्।

    प्रदेश सरकार गठन भएदेखि नै सत्तामा रहेका जम्कट्टेल आगामी निर्वाचनपछि पनि सत्तामै रहने होडमा छन्। उनी एमाले–माओवादी केन्द्रको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। त्यस यता करिब ११ महिना प्रमुख प्रतिपक्षको भूमिकामा रहेका जम्कट्टेल गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारमा आर्थिक मामिला तथा कानुन मन्त्री बनेका हुन् । एमाले विभाजनपछि प्रदेशको मुख्यमन्त्रीमा उनको पनि दावी थियो।

    तर, केन्द्रबाट माओवादी केन्द्रले अन्य २ वटा प्रदेशमा सरकारको नेतृत्व लिएका कारण बागमती समाजवादीको भागमा परेपछि जमकट्टेलले अवसर पाएनन् । खासमा उनी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारको आकांक्षी थिए । पछिल्लो पटक मुख्यमन्त्री बन्ने अपेक्षा लिएर धादिङ–१ (ख) बाट पुनः प्रदेशसभामा उम्मेदवार बनेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रदेशका बहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्री बन्ने दौडमा छन् ।

    समाजवादीबाट हाल प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रतिनिधिसभाको उम्मेदवार बनेपछि उनी आगामी मुख्यमन्त्रीको दौडबाट आउट भएका छन्। प्रदेश सरकारमा मुख्यमन्त्री बन्नकै लागि खनाल चितवन–१ (ख) बाट प्रदेशसभा सदस्य पदका लागि चुनावी मैदानमा छन् । खनाल यसअघि प्रदेशको समाजिक विकास मन्त्री पनि भएका व्यक्ति हुन् ।

    अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्री बनेका थिए। १५ दिन मन्त्री पद सम्हाले पनि उनले सो सरकारबाट राजीनामा दिएर एमालेबाट विभाजित भएर बनेको पार्टी एकीकृत समाजवादी पार्टीमा आवद्ध भए, र २ महिना नबित्दै उनी फेरि मन्त्री बने । एकै कार्यकालमा उनले २ पटक मन्त्री बन्ने अवसर पाएका थिए। उनी सत्ता गठबन्धनको तर्फबाट राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बने। हाल उनी सरकारका प्रवक्ता समेत हुन्। यसैगरी बागमती प्रदेश सरकार सञ्चालनार्थ नेकपा एमालेबाट पनि मनोकाक्षा राख्नेहरु छन् ।

    प्रदेश सभा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारको नेतृत्व गर्ने आकांक्षा राखेका छन् । श्रेष्ठले सार्वजनिक रुपमा नै आफू प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा रहेको बताएका छन्। श्रेष्ठ एमालेबाट काठमाडौं–२ (क) बाट प्रदेश सभातर्फ उम्मेदवार बनेका छन्। यसैगरी एमालेबाट मुख्यमन्त्रीको अर्को प्रमुख दावेदारको रुपमा देवी ज्ञवाली रहेका छन्।

    २०७४ सालमा भरतपुर महानगरपालिकामा मेयर पदका प्रत्यासी रहेका ज्ञवालीलाई यो पटक चितवनबाट प्रदेशसभा उम्मेदवार बनाएर एमालेले मुख्यमन्त्रीको दावा पेश गरेको चर्चा छ। ज्ञवालीलाई एमालेको राम्रो मानिएको चितवनको क्षेत्र नंबर २ प्रदशे सभा ‘ख’ बाट उम्मेदवार बनाएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.