• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

महोत्तरीमा दलका उम्मेदवारलाई ब्रेक लगाउँदै स्वतन्त्र उम्मेदवार

  •   शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी । स्थानीय तहको निर्वाचनको समयमा मधेस प्रदेशमा अन्तिम समयमा टिकट खोसिएपछि नेपाली कांग्रेसबाट बागी बनेका प्रह्लाद कुमार क्षेत्री र मनोज साह सुडीले दुई वटा पालिकामा चुनाव जिते । मनोज साह सुडीले जनकपुर उपमहानगरपालिका र प्रह्लाद कुमार क्षेत्रीले बर्दिबास नगरपालिकामा निर्वाचित भए । अहिले मनोज साह सुडीले नेपाली कांग्रेसलाई नै सहयोग गरिरहेका छन् भने प्रह्लाद कुमार क्षेत्रीले स्वतन्त्र कै नाममा स्वतन्त्र गतिविधि अगाडी बढाएका छन् ।

    बर्दिबास नगरपालिकामा ४ वडामा वडा अध्यक्षसहित उपमेयर पनि क्षेत्री समूहबाट नै निर्वाचित भएका थिए । सोही स्थानीय तहमा पाएको भारी मतलाई नै आकलन गर्दै क्षेत्री समूहले प्रदेश र प्रतिनिधिसभाको लागी आफ्ना उम्मेदवार उठाएपछि महोत्तरीमा निक्कै चर्चा पाएको छ । नेपाली कांग्रेसले स्थानीय तहमा बागी बनेकालाई निष्क्रिय बनी गठबन्धनलाई सहयोग गरे कारबाही फुकुवा गर्ने बताएता पनि क्षेत्री समूहले त्यस्लाई अटेर गर्दै पुनः गठबन्धनका विरुद्ध बागी बनेका छन् । कांग्रेसबाट उठेको राजनीति हाइटलाई समेत दाउमा राखेर पुनः स्वतन्त्र गतिविधि चलाउनुले कांग्रेसका कतिपय नेताले अब पार्टीको ढोका पूर्णरुपमा बन्द भएको बताइरहेका छन् ।

    क्षेत्री समूहमा क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा पोषण थापालाई, प्रदेशसभा अन्तर्गत क मा युवराज पोखरेल, (ख) मा विनोदकुमार महतो स्वतन्त्र उम्मेदवारकोरुपमा चुनावी मैदानमा छन् । यातायातको अधिकृतको जागिर छाडेर चुनावी मैदानमा होमिएका थापालाई दलबाट बनेका उम्मेदवार जत्तिकै अप्रतिस्पर्धीकोरुपमा हेरिएको छ । बर्दिवास-११ स्थित खयरमारा घर भएका थापाले चलाएको चुनावी रणनीति र चुनाव प्रचारप्रसारको रफ्तारले नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार लक्ष्मी महतो र सत्तागठबन्धन दलका साझा उम्मेदवार गिरिराजमणि पोखरेलसमेत ससंकित बनेका छन् ।

    त्यसो भए थापा कसरी बलिया उम्मेदवार हुन्, निर्वाचन जित्ने उनीसँग के-के आधार छन् ? भन्ने प्रश्न पनि उठ्न सक्छ । अहिले थापासँग निर्वाचन जित्ने आधार एउटै मात्र हो त्यो हो मतदाताहरूको विश्वास । थापासँग न सागंठनिक संरचना छ न त पुरानो विरासत नै । क्षेत्रीले पाएको मतलाई आकलन गर्ने हो भने १४ हजार २ सय १० मत पाएर निर्वाचित भएका हुन् । यसमध्ये बर्दिबास वडा नम्बर १, वडा नम्बर ७, वडा नम्बर १३, १४ र उपमेयर पनि क्षेत्रीपक्षले जित हासिल गरेको थियो ।

    सागंठनिक संरचनाका हिसाबले माओवादी केन्द्र बर्दिबासमा बलियो मानिन्छ तर यो निर्वाचन क्षेत्रअन्तर्गत गौशाला र भंगाहा नगरपालिकाका केही वडा समेत पर्दछन् । बर्दिबास नगरपालिकाका १४ वडा, गौशाला नगरपालिकाका १२ वडा र वाकी ४ वडा भंगाहा नगरपालिकामा गरी ३० वटा वडा यस क्षेत्रमा पर्दछन् । क्षेत्रीलाई स्थानीय तहमा निर्वाचित गराउने मुख्य योजनाकार मानिएका उनै थापा चुनावी प्रतिस्पर्धामा होमिनुलाई फरक-फरक कोणबाट विश्लेषण गर्न थालिएको छ । बर्दिबास नगरपालिकाको बलमा मात्र निर्वाचन जित्ने आधार नभएको स्थानीय बताउँछन् । तर दलबाट वितृष्णा पैदा भएका सर्वसाधारणले आफूलाई विश्वास गर्ने थापाको पहिलो आधार वनेको छ ।

    त्यसो त क्षेत्रीलाई स्थानीय तहमा जति मत आएको थियो त्यो मत अहिले सुरक्षित छैन । कांग्रेसको बागी भएता पनि स्थानीय तहको निर्वाचनमा क्षेत्रीले कांग्रेस र एमालेको बलमा निर्वाचन जितेका थिए । स्वतन्त्रभित्रको एउटा खेमा अहिले छुट्टिएको छ । दक्षिणतिरको एउटा शक्तिशाली समूह क्षेत्री समूहबाट छुटिएपछि यसको प्रत्यक्ष असर थापालाई नै पर्ने देखिन्छ । तर थापाको आकलन भने अलि फरक छ । निजामती कर्मचारी संघको माध्यमबाट कांग्रेसबाट नै सक्रिय राजनीति गर्दै आएका थापा कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी प्रतिस्पर्धामा होमिनुले दलसँगको बार्गेनिङको लागी एउटा अनुकूल हुने हाइट खोजिरहेको कतिपयको आकलन छ ।

    पुराना नेता त्यो पनि राजनीतिका चतुर खेलाडीसँग चुनावी मैदानमा होमिनुले थापाको साहस र आकलन सर्वसाधारणले सोचेभन्दा फरक छ । उनी कर्मचारी रहँदा जुन ठाउँ र जुन हैसियतमा जिम्मेवारी समाले उनको नेतृत्व सम्झन लायक नै छ । बर्दिबास यातायात कार्यालयको हाकिम हुँदा उनले खेलेको भूमिका वास्तवमै कर्मचारीवृतमा अनुकरणीय छ ।

    तर प्रह्लाद क्षेत्रीपक्षले ल्याएको मतमाथि टेकेर निर्वाचनको मैदानमा उत्रेको भए त्यसले खासै फाइदा नपुग्ने विपक्षी दाबी छ । यता एक पल्ट बागी बनेर निर्वाचन जितेका प्रह्लाद क्षेत्री पक्षको कारबाही फुकुवा नहुँदै पुनः बागी बन्नुले कांग्रेसको ढोका बन्द भएको नेताको भनाइ छ । तर पोषण थापाको चुनावी मैदानमा देखिएको हस्तक्षेपले दलका उम्मेदवारहरूमा भने भय सिर्जना भएको छ । उनी यतिवेला घरदैलो भेटघाट अभियानमा छन् ।

    सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिराजमणि पोखरेल र नेकपा एमाले र जसपा गठबन्धनका साझा उम्मेदवार लक्ष्मी महतोको रफतारलाई ब्रेक लगाउन थापा सफल वनेका छन् । निर्वाचनको परिणाम आउँदा जसले बाजि मारेता पनि एउटा सामान्य कर्मचारी पृष्ठभूमिको व्यक्तिले दलका हस्ती उम्मेदवारलाई सोचनीय बनाउनुले महोत्तरी क्षेत्र नम्बर १ चुनावी समिकरणलाई महत्त्वपूर्ण ढङ्गले हेरिएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.