• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

महापुरूष चितवन र इटहरीमा प्रिमियर हुँदै

  •   मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  गत आइतबार काठमाडौंमा प्रिमियर गरेर वाहवाही बटुलिरहेको फिल्म ‘महापुरूष’ ले मोफसलमा समेत प्रिमियर गर्ने भएको छ । ‘मोफसल प्रिमियर’ अन्तर्गत मंगलबार चितवन र बुधबार इटहरीमा प्रिमियर हुनेछ ।

    काठमाडौंको प्रिमियरमा सेलिब्रेटीहरूले खुलेर प्रशंसा गरेको फिल्मले मोफसलमा दुई स्थानमा संवत् पहिलोपटक प्रिमियर गर्न लागेको हो । कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले मोफसलका सञ्चारकर्मी, तर फिल्म प्रेमीलाई मध्यनजर गर्दै दुई स्थानमा प्रिमियर गर्न लागिएको बताए ।

    ‘हामीले मोफसलबाट व्यावसायिक सफलता त लिइरहेका छौँ । तर त्यहाँका सञ्चारकर्मी र फिल्मकर्मीलाई सफलतामा समेट्न सकेका छैनौँ । हामीले मोफसलमा बजारलाई झनै बलियो बनाउन दुई स्थानमा प्रिमियर गर्न लागेका हौँ’, बानियाँले भने । उनले चितवनको सिनेप्लेक्समा प्रिमियर गर्न लागिएको बताए । ‘हामीले दुईवटै स्क्रिन लिएर फिल्मकर्मी र मिडियाकर्मीलाई महापुरूष देखाउदै छौँ । हाम्रो खुसीमा उहाँहरूलाई समेत समेट्न लागेका हौँ’, उनले भने ।

    चितवन प्रिमियरमा सहभागी हुन कार्यकारी निर्माता बानियाँसँगै निर्देशक तथा लेखक प्रदीप भट्टराई मंगलबार चितवन पुग्दैछन् । आफ्नो फिल्मको मोफसलमा प्रिमियर गर्ने रहर पूरा हुँदै गरेको निर्देशक भट्टराईले बताए । ‘मेरो फिल्म मोफसलमा पनि प्रिमियर गरौँ भन्ने चाहना थियो । त्यो यसपटक पूरा हुँदैछ । फिल्म अगाडि नै सकिएकोले यो सम्भव भएको हो’, निर्देशक भट्टराईले भने । फिल्मकै काममा अल्झिने हुँदा मोफसलमा यस अगाडि यस्ता इभेन्ट गर्न नसकिएको उनले बताए ।

    बुधबार इटहरीमा प्रिमियर हुँदैछ । पूर्वाञ्चलका दर्शकलाई लक्षित गर्दै इटहरीमा रहेको इलाइट सिनेमामा फिल्मको प्रिमियर गर्न लागिएको हो । ‘हाम्रो यो प्रयास बजार विस्तारका लागि प्रभावकारी हुनेमा विश्वस्त छौँ’, कार्यकारी निर्माता बानियाँले भने । इटहरीमा हुने प्रिमियरमा कार्यकारी निर्माता बानियाँ र निर्देशक भट्टराईसँगै अरुण क्षेत्री र अञ्जना बराइलीसमेत सहभागी हुनेछन् । ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्मको शो समयसमेत मल्टिप्लेक्सहरूमा प्रकाशित हुन् थालेको छ । फिल्मको अनलाइन टिकेट बुकिङ गर्न सकिनेछ ।

    फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय छ ।

    एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगतेबाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.