पोखरा । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ६ जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा तनहुँका २, कास्कीका ३, बाग्लुङका २, गोरखाका १, स्याङ्जाका १ र नवलपरासी बर्दघाट सुस्ता पूर्वका १ जना रहेका छन् । जसमा २ महिला छन् भने बाँकी ८ जना पुरुष रहेका छन् । संक्रमितहरु १५ वर्षदेखि ६१ वर्ष उमेर समूहका रहेका छन् । सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा। विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय ९२ पुगेको छ ।








