• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लुम्बिनीमा अधिकांश पुरानै उम्मेदवार, नयाँ अनुहार समानुपातिकमै सीमित

  •   शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । राजनीतिक दलहरुले नयाँ नेताहरुलाई मौका दिएनन् भन्ने चौतर्फी आलोचना भएपनि व्यवहारमा त्यो कार्यान्वयन हुन सकेको छैन । प्रतिनिधिसभाका लागि २६ र प्रदेश सभाका लागि ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशबाट सबै दलमा अधिकांश पुरानै उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभामा अधिकांश पुरानै उम्मेदवार गएपनि प्रदेशसभाका लागि केही नयाँ अनुहारलाई मैदानमा छन् । तर समानुपातिक सूचीमा अधिकांश नयाँ अनुहार राखिएका छन् ।

    सबैभन्दा धेरै उम्मेदवारी दिएको नेकपा एमालेले प्रदेशबाट प्रतिनिधिसभाका लागि २२ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । जसमध्ये नयाँ र पुराना अनुहार आधा आधा रहेका छन् । एमालेबाट रुपन्देही १ छविलाल विश्वकर्मा, रुपन्देही–२ बाट विष्णुप्रसाद पौडेल, रुपन्देही–५ बासुदेव घिमिरे, दाङ–१ मा शान्ता चौधरी, दाङ–२ मा शंकर पोखरेल, दाङ–३ मा कोमल वली,बाँके–१ मा सूर्यप्रसाद ढकाल, बाँके–३ मा किस्मतकुमार कक्षपति, कपिलवस्तु १ मा बलराम अधिकारी,कपिलवस्तु २ मा बृजेशकुमार गुप्ता, कपिलवस्तु–३ मा मंंगलप्रसाद गुप्ता, बर्दिया–१ मा लक्ष्मणराज ज्ञवाली,बर्दिया–२ मा पंकजसिंह राठौर, गुल्मी–१ मा प्रदीपकुमार ज्ञवाली, गुल्मी–२ मा गोकर्णराज बिष्ट, पाल्पा–१ मा नारायणप्रसाद आचार्य,पाल्पा–२ मा ठाकुर गैरे, पश्चिमपरासी–२ मा दीपेन्द्रकुमार अधिकारी,अर्घाखाँची टोपबहादुर रायमाझी, रोल्पाबाट पूर्णबहादुर बुढामगर, प्यूठानबाट सूर्यबहादुर थापा, रुकुमपूर्व कैलासकुमार मल्ल प्रतिनिधि सभामा उम्मेदार रहेका छन् ।

    पहिलोपटक चुनाव लड्ने अवसर पाउनेमा ठाकूर गैरे, बासुदेव घिमिरे,सूर्य थापा, सूर्य ढकाल, किस्मत कक्षपति, लक्ष्मण ज्ञवाली, दिपेन्द्र अधिकारी,पूर्णबहादुर बुढा र कैलासकुमार मल्ल रहेका छन् । नेपाली कांग्रेसले १४ प्रतिनिधिसभाको क्षेत्रमा उम्मेदवार उठाउँदा ३ जना नयाँ रहेका छन् । कांग्रेसबाट गुल्मी १ चन्द्रकान्त भण्डारी, पाल्पा १ ज्ञानबहादुर गाहा, अर्घाखांची पुष्पा भुसाल, रुपन्देही ३ बालकृष्ण खाँण, रुपन्देही ४ प्रमोद कुमार यादव, रुपन्देही ५ भरतकुमार शाह, कपिलवस्तु २ सुरेन्द्रराज आचार्य, कपिलवस्तु ३ अभिषेकप्रताप शाह, दाङ ३ दिपक गिरी, बाँके२ सुदीप नरसिंह राणा, बाँके ३ किशोरसिंह राठोर,बर्दिया १ संजय कुमार गौतम, पश्चिनवलपरासी १ विनोदकुमार चौधरी, पनवलपरासी २ बाट देवेन्द्रराज कण्डेल रहेका छन् ।

    कांग्रेसबाट गाहा,राणा,राठोर नयाँ उम्मेदार हुन् । ६ निर्वाचन क्षेत्रमा उम्मेदारी दिएको माओवादी केन्द्रबाट १ जना नयाँ अनुहारले प्रतिनिधिसभाका लागि उम्मेदवारको मौका पाएका छन् । कपिलवस्तु १ चन्द्रप्रकाश खनाल,रोल्पाबाट वर्षमान पुन, रुकुमपूर्व पूर्णबहादुर घर्ती,बाँके १ महेश्वर गहतराज, दाङ २ रेखा शर्मा र बर्दिया २ सुरेश पन्थ रहेका छन् । उनीहरुमध्ये पन्थ मात्रै नयाँ हुन् र माओवादीले पाएको रुपन्देही १ बाट एमाले छाडेका घनश्याम भुसाललाई छाडेको छ ।

    नेकपा एकीकृत समाजवादीले उम्मेदवार बनाएका ४ जनामध्ये रुपन्देहीका राजु गुरुङ मात्रै नयाँ अनुहार थिए उनको उम्मेदारी खारेज भइसकेको छ अन्य तीन स्थानमा पुरानै सांसद बनेकाहरु उम्मेदवार रहेका छन् । यसैगरी सत्तारुढ गठबन्धनमा रहेको जनमोर्चाले यसअघिकै सांसद दुर्गा पौडेललाई उम्मेदार बनाएको छ । एमालेसँग तालमेल गरेको राप्रपाले रुपन्देही ३ मा पुरानै अनुहार दीपक बोहोरा र बाँके २ मा धवलशमशेर राणालाई उम्मेदार बनाएको छ भने जनता प्रगतिशीलबाट सदाबहार उम्मेदार हृदयेस त्रिपाठी उम्मेदार बनेका छन् ।

    प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा नयाँ अनुहारका नेताहरु चुनावी मैदानमा रहेका छन् । प्रमुख राजनीतिक शक्तिहरुले संघमा भन्दा प्रदेशमा नयाँ अनुहारलाई उम्मेदवार बनाएका हुन् । सबैभन्दा धेरै नयाँ उम्मेदवार नेकपा एमालेले बनाएको छ । पुरानामध्ये कतिपय पहिले सांसद भएका र केही पराजित भएका अनुहार हुन् । एमालेबाटै प्रदेशसभामा ३२ जना नयाँ अनुहार उम्मेदवार बनेका छन् । स्थानीय पालिकाका नेतृत्व अनुभव लिएका नेताहरु संघीय र प्रदेश चुनावमा भिडेका छन् ।

    घोराही नगरपालिकाका पूर्व मेयर घनश्याम पाण्डे प्रदेशसभाका लागि उम्मेदवार छन् । प्रदेशमा कांग्रेसबाट १६ अनुहार नयाँ छन् । रुपन्देहीमा दीर्घबहादुर केसी कांग्रेसबाट नयाँ अनुहार हुन् । माओवादीबाट ९ जना नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । दलले बनाएको उम्मेदवार विवरणले प्रदेशसभामा अधिकांश नयाँ सांसदहरु प्रवेश पाउने छैनन् । समानुपातिकमा सम्पूर्ण दलले ९० प्रतिशतको हाराहारीमा नयाँ अनुहारका नेतालाई अवसर दिएका छन् । लुम्बिनी प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी ८७ जना सांसद निर्वाचित हुनेछन् ।

    प्रदेशसभाको पहिलो कार्यकालमा ९० जनाले सांसद हुने मौका पाएका थिए । ८७ सांसद संख्या रहे पनि बलदेव पोखरेलको निधनपछि शंकर गिरी र उत्तरकुमार वलीको निधनपछि विमला वली गरी दुई नयाँ सांसद बने । समानुपातिकबाट आएकी कल्पना पाण्डेको पद गुमेपछि निर्मला मुडभरीले संसद बन्ने अवसर पाइन् । लुम्बिनी प्रदेशले २९ जना मन्त्री र दुई मुख्यमन्त्री पाएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.